२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
गीता प्रेसको कथा

‘जसले ‘भारत-रत्न’ उपाधि अस्वीकार गरे ’

गीता प्रेस, गोरखपुरको नाउँ नसुन्ने नेपाली कमै होलान् । झन् गीता प्रेसले निकालेको ‘रामायण’ र ‘गीता’ नपढ्ने को होला ? पशुपतिनाथ मन्दिर परिसर ‘गीता प्रेस’ को पुस्तक पसलमा पशुपतिनाथ दर्शन गर्न आउने कुन यात्री नपस्ला ?

सय वर्ष भयो पाठकहरूलाई अशुद्धिरहित सनातन धर्मको साहित्य शुद्ध र सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले गोरखपुर–गुरु गोरखनाथको नगरमा एक महान् व्यक्तित्व– हनुमानप्रसाद पोद्दारले, गीता प्रेसको स्थापना गरेर ‘कल्याण’ मासिक पत्रिका प्रकाशन सुरु गरे । यिनी आफैं सम्पादक पनि थिए ।

‘जसले ‘भारत-रत्न’ उपाधि अस्वीकार गरे ’

सन् १९३५ मा गोरखपुरमा भीषण बाढीमा जनसेवक भएर मद्दत गरेकोले तत्कालीन ब्रिटिश शासनले ‘रायबहादुर’ को उपाधि दिन खोजे तर उनले विनम्रतापूर्वक जनताको सेवा गरेबापत पुरस्कार अस्वीकार गरिदिए ।

भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले गृहमन्त्री गोविन्दवल्लभ पन्तलाई पठाएर ‘भारतरत्न’ उपाधि ग्रहण गर्न अनुरोध गरे । तर ‘भाईजी’ उनलाई यसै नामले सम्बोधन गर्थे । –ले त्यो पनि विनम्रतापूर्वक अस्वीकार गरिदिए ! कतो त्याग !

***

गीता प्रेस, गोरखपुरको नाउँ नसुन्ने नेपाली कमै होलान् । झन् गीता प्रेसले निकालेको ‘रामायण’ र ‘गीता’ नपढ्ने को होला ? पशुपतिनाथ मन्दिर परिसर ‘गीता प्रेस’ को पुस्तक पसलमा पशुपतिनाथ दर्शन गर्न आउने कुन यात्री नपस्ला ?

***

मासिक पत्रिका ‘कल्याण’ का आदि सम्पादक थिए ‘भाईजी’ हनुमानप्रसाद पोद्दार ! उनको जीवन लोककल्याण र भगवद् काममा समर्पित थियो । आजभन्दा सय वर्षपूर्व यसै उद्देश्यले उनले गीता प्रेसको स्थापना गरे । ‘रामचरितमानस’ तुलसीदासले लेखे तर यसलाई घरघर पुर्‍याउने काम यिनै ‘भाईजी’ ले गरे । उनले अंग्रेजी साम्राज्यको समयमा जब दुनियाँभरि साम्राज्यवाद र उपनिवेशवादको जगजगी थियो, जनताको हृदयमा ‘राम प्रेम’ जगाउने उद्देश्यले गीता प्रेसको स्थापना गरे ।

स्वाधीन, सात्विक, कर्मयोगी र नैतिक जनमानसको निर्माणको जुन उद्देश्यले गीता प्रेसको स्थापना गरिएको थियो, त्यो आजसम्म कायम छ । गीता प्रेसले पाठकीय संस्कृतिको उल्लेखनीय काम गर्‍यो, त्यो अतुलनीय छ ।

गीता प्रेसबाट छापिएका केही ग्रन्थहरू ।

यस गीता प्रेसको स्थापनाको कथा पनि रोचक छ । कलकत्ता (अब कोलकाता) का व्यापारी जयदयाल गोयंदकाजीले आफ्नो जीवन श्रीमद्भागवतगीताका लागि समर्पित गरिदिनुभएको थियो । भगवान्को आदेश पाएर यस्तो निःस्वार्थ सेवाको प्रारम्भ गर्नुभएको थियो भन्ने मान्यता छ । उनले सन् १९२१ मा कलकत्तामा ‘गोविन्द भवन ट्रस्ट’ को स्थापना गर्नुभयो । यसै ट्रस्टले ‘भागवत्गीता’ को प्रकाशन सुरु गर्‍यो । कुनै पनि त्रुटि नभएको ‘गीता’ छपाउादा धेरै पटक शुद्धि गर्नुपर्दा प्रेस (मुद्रक) ले ‘तपाईं आफ्नै प्रेस खोल्नुस्, अनि सजिलो हुनेछ’ भनेपछि जयदयाल गोयंदकाजीले कति पनि झर्को नमानी, यसलाई ‘प्रभुको आदेश’ ठानी गोरखपुरमा प्रेस लगाउने योजना बनाउनुभयो ।

जयदयालजीका सानीमाका छोरा हनुमानप्रसाद पोद्दार बम्बई (अब मुम्बई) बाट ‘कल्याण’ पत्रिका निकाल्नुहुन्थ्यो । जयदयालजीले हनुमानप्रसाद पोद्दारजीलाई ‘गीता प्रेस’ को व्यवस्था चलाउन अनुरोध गर्नुभयो । हनुमानप्रसाद पोद्दारले पनि ‘ईश्वरीय इच्छा’ मानी स्वीकार गर्नुभयो र सन् १९२७ मा गोरखपुर आए । उनले ‘कल्याण’ को प्रकाशन यहीँबाट शुरु गरे । हनुमानप्रसाद पोद्दारलाई ‘भाईजी’ भन्थे । ‘कल्याण’ को अहिलेसम्म १६ करोड ७७ लाख प्रति प्रकाशित र वितरण भैसकेको छ ! अलिकति पनि धार्मिक श्रद्धा हुने व्यक्तिको घरमा ‘गीता प्रेस’ ले छापेको ‘गीता’ र ‘कल्याण’ को प्रतिहरू भेटिन्छ ।

‘न विज्ञापन न अनुदान’

‘कल्याण’ र अर्थ धार्मिक पुस्तकहरू परल मूल्यभन्दा कममा उपलब्ध गराइन्छ । प्रेस संचालन र पुस्तक–पत्रिका प्रकाशनको सम्पूर्ण खर्च ‘गोविन्द भवन ट्रस्ट’ कलकत्ताले व्यहोर्छ । यसको व्यवस्था अद्भुत छ । प्रेस चलाउनु, कागज, मसी, कर्मचारीहरूको वेतन, मरम्मत, स्याहार–सम्भार सजिलो हुादैन तर यो सब सुचारु रूपले बिना बाधा अड्कल चलिरहेको छ । प्रभु इच्छा !

***

‘कल्याण’ को पहिलो अंक सन् १९२६ मा प्रकाशित भएको थियो । यसमा गान्धीजीको पनि एउटा लेख थियो । भाईजी त्यो प्रति प्रदान गर्न गांधीजीकहाा पुग्दा गान्धीजीले ‘कल्याण’ मा विज्ञापन नछाप्नू भन्ने सल्लाह दिनुभएछ । विज्ञापनले पत्रिका ‘शुचिता’ खत्तम गर्छ भन्ने भनाइ थियो गान्धीजीको !

त्यो अझैसम्म पालन भैरहेछ ।

***

भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले २९ अप्रैल १८५५ मा गीता प्रेस भवनको मुख्य द्वार र ‘लीला चित्र मन्दिर’ को उद्घाटन गरेका थिए । सन् ... पुग्दा शताब्दी वर्ष समारोहको शुमारम्भ भारतका राष्ट्रपति रामनाथ कोविन्दले गरेका थिए ।

प्रकाशनमा शुचिता

गीता प्रेसले पुस्तक प्रकाशित गर्दा छाप्ने र बाइन्डिङ गर्दा शुद्धता र शुचिताको विचार गर्छ ।

बाइन्डिङ गर्दा गोंदको प्रयोग गर्दा पशुहरूबाट तैयार हुने गोंद लगाउँदैन । बाइन्डिङ मेसिनमा पशु बोसोबाट तैयार गोंद लगाइन्छ । त्यसैले गीता प्रेसमा बाइन्डिङ मेसिन लगाएको छैन । जर्मनीबाट एउटा कम्पनीले सिन्थेटिक गोंद प्रयोग गरिने मेशिन बनाउन लागेको छ, खास गीता प्रेसका लागि ।

छाप्दा छापेको वा छाप्न लागेको कागज भुइँमा राखिन्छ । तर गीता प्रेसमा कुनै कागज पनि भुइँमा राखिँदैन । कागज राख्न काठ वा प्लास्टिकका र्‍याकहरू बनाएर राखिएको छ । कोही कर्मचारी जुत्ता चप्पल लगाएर प्रेसभित्र जान पाउँदैन ।

चित्रकार

गीता प्रेसका प्रकाशनहरूमा तीन जना चित्रकारहरूको योगदान छ । विनयकुमार मित्रा, जगन्नाथ तथा भगवान् । यिनीहरूले हजारौं चित्रहरू बनाए जो ‘कल्याण’ र अरू ग्रन्थहरूमा सुशोभित भएका छन् । विनयकुमार असाध्यै सिपालु चित्रकार थिए । ‘भाईजी’ वहाँलाई चित्रहरूबारे बताउनुहुन्थ्यो र वहाँ त्यही अनुसार चित्ताकर्षक चित्र बनाउनुहुन्थ्यो । उनले देवी–देउताहरूको साढे चार हजारभन्दा बढी चित्र बनाएका छन् । त्यस्तै अन्य दुई जना चित्रकारहरूले पनि अविस्मरणीय चित्ताकर्षक चित्रहरू बनाएका छन् ।

गीता प्रेसबाट प्रकाशित पुस्तकहरू ज्ञानबर्धक र शिक्षाप्रद हुने गर्छन् । यी किताबहरू बालकदेखि वृद्धसम्मका लागि शिक्षाप्रद हुन्छन् । वृद्ध पाठकहरूका लागि गीता, रामायण, महाभारत छ भने बालकहरूका लागि प्रेरणाप्रद शिक्षा प्रदान गर्ने पुस्तक भक्त प्रहृलाद, बालक ध्रुव, नचिकेता, बालक मार्कण्डेय आदि पुस्तकहरू उपलब्ध छन् । वास्तवमा हाम्रा शिक्षाविद्हरूले विदेशी अंग्रेजी बालसाहित्यको यस्तै पुस्तकहरू विद्यालयमै पढाए ज्ञान वृद्धिका साथै बालकहरूको चरित्र निर्माणमा सहयोग हुनेछ ।

प्रकाशित : असार २, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?