दुर्गाप्रसाद श्रेष्ठ

दुर्गाप्रसाद श्रेष्ठका लेखहरु :

दिनरात 'जागते रहो'

जीवनमा कुनै पनि कुरा स्थायी नहुने रहेछ । ‘आया है सो जायेगा राजा–रंक–फकीर !’ अहिले हाम्रो टोलमा नेपाली परिवार कोही छैनन् । हामी एक परिवार छौं । कहिलेसम्म ? माटोको डल्लो न हौं...!

‘जसले ‘भारत-रत्न’ उपाधि अस्वीकार गरे ’

सय वर्ष भयो पाठकहरूलाई अशुद्धिरहित सनातन धर्मको साहित्य शुद्ध र सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले गोरखपुर–गुरु गोरखनाथको नगरमा एक महान् व्यक्तित्व– हनुमानप्रसाद पोद्दारले, गीता प्रेसको स्थापना गरेर ‘कल्याण’ मासिक पत्रिका प्रकाशन सुरु गरे । यिनी आफैं सम्पादक पनि थिए ।

जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...

यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव !

एक डाक्टरको पाइला

मानिसको जीवन पूर्वजन्मका कर्महरूले निर्धारित हुन्छ भनिन्छ । कर्ममा नलेखिएका कुरा जतिसुकै प्रयास गरे पनि पाउन मुस्किल छ । सन्दर्भ चिकित्सा पेसामा कहलिएका जगदीशलाल वैद्यको हो, जसले भर्खरै ‘जगदीशका पाइलाहरू’ नामको जीवनी र स्मृतिको सँगालो किताब प्रकाशित गरेका छन् । किताबले एक व्यक्तिको जीवनमा कर्म र संघर्षको कथानकलाई राम्रैसँग सम्झाएको छ ।