२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

राजदूत भएको छ महिना पछि राजदूत पोखरेलले ओहदाको प्रमाण पत्र बुझाए

काठमाडौं — राजदूत नियुक्त भएको झण्डै छ महिनापछि नेदरल्याण्डका लागि नेपाली राजदूत राममणि पोखरेलले त्यहाकी महारानीसँग आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
बेल्जिमयस्थित राजदूताबासले नै नेदरल्याण्डको पनि कार्यभार सम्हाल्दै आएको छ ।

राजदूत नियुक्त भएको झण्डै छ महिनापछि नेदरल्याण्डका लागि नेपाली राजदूत राममणि पोखरेलले त्यहाकी महारानीसँग आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
बेल्जिमयस्थित राजदूताबासले नै नेदरल्याण्डको पनि कार्यभार सम्हाल्दै आएको छ । राजदूत नियुक्त भएदेखिनै बेल्जियममा बस्दै आएका पोखरेलले नेदरल्याण्ड पुगेर हेगस्थित नुरडियन्ड प्यालेसमा महारानी बिएट्रिक्स वेलहिल्मिना आर्मगार्डलाई ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।
ओहदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत पोखरेल र महारानीबीच भएको शिष्टाचार भेटघाटमा नेपाल र नेदरल्याण्डबीचको आपसी चासो र सम्बन्धका बिषयमा कुराकानी भएको बेल्जियमस्थित नेपाली राजदूतावासको विज्ञप्तीमा उल्लेख छ । राजदूत पोखरेलले नेदरल्याण्डले नेपालको विकासमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै जारी राजनीतिक संवादबारे पनि जानकारी गराएका थिए ।
उनले नेपालमा लगानीका बिषयमा थप आपसी सहकार्यमा जोड दिएका थिए । महारानी बिएटि्रक्सले नेपालको चालू शान्ति प्रक्रिया र राजनीतिक संक्रमण चाडै अन्त्य हुनेमा विश्वास व्यक्त गरेको राजदूतावासले जनाएको छ ।



प्रकाशित : पुस १३, २०६९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?