१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

अष्ट्रेलियामा नेपालीलाई वहुसांस्कृतिक अवार्ड

मेलवर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका ललितपुर मंगलवजारका सुधिर शाक्यलाई यस वर्षको भिक्टोरियन बहुसास्कृतिक अवार्ड प्रदान गरेको छ ।



यो अवार्ड प्राप्त गर्ने शाक्य पहिलो नेपाली हुन् । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसेर नेपाली समुदायको हित र नेपाली साँस्कृति प्रवर्धनका निम्ती पुर्याएको योगदानको कदर गर्दै शाक्यलाई उक्त अवार्ड प्र्रदान गरिएको हो ।
अष्ट्रेलियाको भिक्टोरिया राज्य वहुसस्कृति पहिचानका कारण विश्वमै चर्चित छ । भिक्टोरियालार्ई वहुसास्कृतिक रुपले विश्वकै नमूना राज्यको रुपमा विकास गर्ने लक्ष्य यहाँको सरकारले लिएको छ । शाक्यलाई १८ डिसेम्बरका दिन एक समारोहको आयोजना गरि भिक्टोरिया राज्य सरकारद्वारा गठित वहुसास्कृतिक आयोगले अवार्ड प्रदान गरेको हो । उनलाई भिक्टोरिया राज्यका गर्भनर एलेक्स चेरनोभले अवार्ड हस्तान्तरण गरेका थिए ।
शाक्य विगत एक दशकदेखि अष्ट्रेलियामा बसेर स्वतन्त्र व्यवसाय गर्दै आएका नेपाली हुन् । उनी भिक्टोरियामा रहेका नेपाली समुदायहरुले स्थापना गरेको नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) का कार्यकारिणी सदस्य हुन् । त्यसवाहेक शाक्यले सन् २००५ देखि नेपाली समुदायका वालवालिकालाई लक्षित गरी भिक्टोरियामा नेपाली भाषाको स्कूल समेत संचालन गर्दै आएका छन् । उनको सक्रियतामा सन् २००८ र २०११ मा मेलवर्नमा नेपाल फेस्टिवलको आयोजना गरिएको थियो जसमा १० हजारभन्दा बढी नेपालीहरुको उपस्थिति थियो ।   
अवार्ड प्रदान कार्यक्रममा नेपाली समुदायकोतर्फबाट भिक्टोरियाका लागि नेपाली अवैतानिक चन्द्र योञ्जन, नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का अध्यक्ष बम योञ्जन, न्याभका सल्लाहकार एवं पूर्व अध्यक्ष रञ्जन बैद्य, न्याभका सचिव विजय बुढाथोकी र न्याभका पूर्व सल्लाहकार पर्शुराम शर्मा लुईटेलको उपस्थिति थियो ।
 

प्रकाशित : पुस १२, २०६९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?