२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

लन्डनमा दोहोरो नागरिकता बहस

लन्डन — बेलायतवासी गैर आवासीय नेपालीले दोहोरो नागरिकता प्रदान गरिए सम्पूर्ण एनआरएनले नेपालमा निर्धक्क लगानी गर्ने दावी गरेका छन् । लगानीको वाधक दोहोरो नागरिकता नै रहेको उनीहरुको निक्र्यौल छ । एनआरएनए युकेले आइतबार लन्डनमा गरेको एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कुल आचार्यले एनआरएनहरुलाई नागरिकताको प्रत्याभूति दिए जलविद्युतमा बेलायतबाट एक अर्ब लगानीको 'टार्गेट' पुरा गरिने दावी गरे ।


आचार्यले लगानीका लागि एनआरएन प्रतिवद्ध रहेको बताउँदै उनीहरुलाई उत्साहित तुल्याउन पनि नागरिकता सहज माध्यम हुने बताए । देशको आर्थिक समृद्धिका लागि भूपू गोर्खाहरुको योगदान अतुलनीय रहेको बतोँदै उनले एउटा कागजको खोस्टो नदिएर सरकारले उनीहरुको अवमुल्यन गरेको आरोप लगाए ।
सो अवसरमा बोल्दै नेपाली कांग्रेसका केन्दि्रय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन प्रसाद जोशीले एनआरएनहरुलाई नागरिकता दिने सवालमा आफ्नो पार्टी स्पष्ट रहेको जोशीको जिकिर गर्दै एनआरएनको सिप, दक्षता र क्षमता नेपालले पर्खिरहेको बताए । एनआरएहरुलाई आफ्नो माग प्रष्ट रुपमा राख्न आग्रह गर्दै उनले पर्याप्त छलफलपछि समान धारणा ल्याउन पनि सुझाव दिए ।
एनआरएनए युके संरक्षक प्राध्यापक सुर्य सुवेदीले नेपालका राजनीतिक दल एनआरएनहरुले दुई हातमा लड्डु चाहेको भ्रममा रहे पनि आफूहरुले विदेशी नागरिकता लिंदा आफ्नो नेपाली नागरिकता कायमै होस् भनि यसको निरन्तरता मात्र चाहेको प्रष्ट्याए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेले दूतावासको गोपनियता, संरचना र स्थान अभावका कारण एनआरएनए युकेलाई तत्काल हेल्प डेक्स राख्ने अनुमति दिन नसकिएको प्रष्ट्याए । उनले नेपाल सरकारसंग पहल गरी त्यो समस्या समाधान गर्न सकिने उल्लेख गर्दै गैर आवासीय नेपालीहरुलाई सहयोग गर्न दूतावास सधैं तत्पर रहेको समेत जनाए ।
एनआरएनए युके अध्यक्ष आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीबीसीका पत्रकार भगिरथ योगीले एनआरएनको लगानी, नागरिकताको निरन्तरता लगायतका विषयमा डायष्पोरिक पत्रकार र नेपालका पत्रकारहरुको सहयोग उल्लेख्य रहेको बताउँदै पत्रकार कल्याणकोष स्थापनार्थ गरिने च्यारिटीमा आफूहरुको सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि बसेको एनआरएनए युके बैठकले पत्रकारहरुको कल्याण कोष एवं पत्रकारिता पुरस्कार स्थापनार्थ आगामी जनवरी ६ मा हुन लागेको आफ्नो च्यारिटी कार्यक्रममा सहयोग गर्न सबैमा अपिल गरेको छ ।
बैठकले मार्च ९ मा महिला दिवस कार्यक्रम, सेप्टेम्बर ८ मा साधारणसभा, २१ जुलाईमा एनआरएन च्यारिटी डिनर गर्ने र यसका लागि उपाध्यक्ष थर्क सेनलाई संयोजक तोकेको छ ।
बैठकले नेपालको ग्रामीण भेगमा लाइब्रेरी स्थापनाका लागि अध्ययन गर्न सल्लाहकार किशोर सापकोटालाई जिम्मेवारी दिएको छ । बैठकमा एनआरएन युके सदस्यता कार्ड ६ जनवरीबाट वितरण गरिने निर्णय समेत भएको प्रवक्ता जिव बेल्वासेले जनाए ।



प्रकाशित : पुस १०, २०६९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?