कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नेपाली पर्यटन व्यवसायीहरूको टोली बेइजिङमा

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र नेपालीहरुको आतिथ्य सत्कारबारे चर्चा गर्दै चिनियाँ लगानीकर्ताहरूलाई नेपाल जान सुझाव दिए।
लक्ष्मी लम्साल

बेइजिङ — नेपालको पर्यटन प्रवर्द्धनका लागि भन्दै झण्डै ५ दर्जनभन्दा बढी पर्यटन सम्बन्धित व्यवसायीहरू चीनमा भेला भएका छन्। पर्यटन उद्योगको प्रवर्द्धन तथा लगानीकर्ताको आकर्षणको निम्ति उनीहरुले मंगलबार बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासमा चिनियाँ पर्यटन क्षेत्रसँग अन्तर्क्रिया गरेका छन्। 

नेपाली पर्यटन व्यवसायीहरूको टोली बेइजिङमा

कार्यक्रममा नेपाली तथा चिनियाँ पर्यटन व्यवसायीहरूले पर्यटकीय आदान प्रदानका लागि संभावित क्षेत्रहरूबारे विचार आदानप्रदान गरेका छन् ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र नेपालीहरुको आतिथ्य सत्कारबारे चर्चा गर्दै चिनियाँ लगानीकर्ताहरूलाई नेपाल जान सुझाव दिए। उनले भने, ‘नेपाल आकर्षक पर्यटकीय गन्तव्य हो। चिनियाँ उद्यमीहरूलाई नेपालको पर्यटन क्षेत्रसँग मिलेर अघि बढ्ने राम्रो अवसर छ।’

कार्यक्रममा वर्ल्ड टुरिजम अलाइन्सका महासचिव एवं उपाध्यक्ष लिउ श च्युनले निरन्तर पर्यटन आदानप्रदान तथा सहकार्यमा जोड दिए। त्यस्तै चाइना एसोसियसन अफ ट्राभल सर्भिसका महासचिव एवं उपाध्यक्ष सुन कुइचनले पर्यटकीय संस्थाहरूबीच बिजनस टु विजनेस बढाउँदाका फाइदाहरू सुनाए ।

नेपाली दूतावासमा प्रथम सचिव नितेस सापकोटाले पर्यटकीय क्षेत्रमा लगानीका अवसर र संभाव्यताबारे प्रकाश पारे। उनले आसन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनतर्फ ध्यानाकर्षण गराउँदै पर्यटन क्षेत्रका संभाव्यताहररू उजागर गरेका थिए।

हिमालय एयरलाइन्स, सछ्वान एयरलाइन्स, एयर चाइनाका प्रतिनिधिहरू, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका प्रतिनिधि चाङ वन, चिनियाँ ट्राभल वेबसाइट माफङ्वोका प्रतिनिधि लिउ थिङथिङले चिनियाँ पर्यटन र पर्यटकको दृष्टिकोणबारे प्रस्तुती दिएको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चीन भ्रमणमा रहेका नेपाली पर्यटन व्यवसायीहरूले चिनियाँ पर्यटकीय क्षेत्रसँग सहकार्यका लागि छलफल अन्तर्क्रियाहरू गर्ने र नेपाली पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताएका छन्।

प्रकाशित : फाल्गुन १५, २०८० १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?