कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला

प्रदर्शनीस्थल निर्माणलाई तत्काल अघि बढाउने प्रतिबद्धता 

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित मेलाको समुद्घाटन सभामुख देवराज घिमिरेले गरे ।

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला

यो मेला सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजना गरिएको हो ।

निजी क्षेत्रले करिब तीन देशकदेखि स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाइ भइरहेको छ । मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी २१० स्टलमार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

सभामुख घिमिरेले निजी क्षेत्रले वर्षौंदेखि उठाइरहेको प्रदर्शनीस्थल निर्माणको कार्यलाई अगाडि बढाउन आफ्ना तर्फबाट पहल गर्ने दाबी गरे । उच्चस्तरीय प्रदर्शनीस्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्टरुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघले जनाएको छ । स्तरीय प्रदर्शनी स्थलको अभावको विषयलाई महासंघले राखे सभामुख घिमिरेले उक्त प्रतिबद्धता गरेका हुन् । उद्योग सचिव मुकुन्दप्रसाद निरौलाले प्रदर्शनीस्थल निर्माणको कार्यलाई तत्काल अगाडि बढाइने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैधले स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि वर्षौंदेखि अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएकोमा दुःखेसो गरे । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरदविक्रम राणाले अन्तर्राष्ट्रिय व्यापार मेलामा व्यापार प्रवर्द्धन केन्द्रले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रदर्शनीस्थल निर्माणलाई सरकारले मुख्य एजेण्डामा राखेर सहयोग गर्नुपर्नेमा उनको जोड छ । उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमै सुुस्तता छाएको अवस्थामा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनाबाट थोरै भए पनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुुग्ने विश्वास महासंघका उपाध्यक्ष हेमराज ढकालले बताए ।

प्रकाशित : मंसिर १४, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?