कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बैंकिङले उचाल्यो सेयर बजार, नेप्से २१४४ अंकमा 

काठमाडौँ — सोमबार बैंकिङ उपसमूहले सेयर बजारलाई उचालेको छ । पुँजीकरणमा सबैभन्दा शक्तिशाली रहेको सो उपसमूहमा आएको उल्लेख्य वृद्धिले परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २१४४ अंकमा कायम भएको छ । 

बैंकिङले उचाल्यो सेयर बजार, नेप्से २१४४ अंकमा 

२ अर्ब ५६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । जम्मा १३ कम्पनीको मूल्य घट्दा २ सयको बढ्यो भने ४ को स्थिर रहृयो । प्रतिशतका आधारमा विकास बैंक उपसमूह सबैभन्दा धेरै ४.१ प्रतिशत बढ्यो । बैंकिङ ३५, विकास बैंक १६१, फाइनान्स ६९, होटल तथा पर्यटन १५४, जलविद्युत् ३४, जीवन बीमा २८२, उत्पादन ७८, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २६२, अन्य २० र ब्यापार उपसमूह ३८ अंक बढे ।

बीपीडब्लू लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, अभियान लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्त, मल्टीपर्पोज फाइनान्स, सीवाईसी लघुवित्त र ग्रीनभेन्चरको मूल्य ७ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइनरेसुङ्गा डेभलपमेन्ट बैंक, सोल्टी होटल र आईजीआई प्रुडेन्सियल क्रमशः अगाडि रहे । बजारको पुँजीकरण ३१ खर्ब ५० अर्ब कायम भएको छ ।


प्रकाशित : श्रावण १, २०८० १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?