२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अपचलन रोक्न सोरु गाउँपालिकाका कामदारको ज्याला बैंक खातामै

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाले भ्रष्टाचार रोक्न भन्दै चालु आर्थिक वर्षबाट परियोजनाहरूमा काम गर्ने कामदारहको ज्याला व्यक्ति स्वयंको खातामा जम्मा गरिदिन थालेको छ । विभिन्न योजनाहरूका उपभोक्ता समितिले कामदारको ज्याला नबुझाएर रकम हिनामिना गर्न थालेपछि त्यसलाई रोक्न र योजनालाई पारदर्शी बनाउन पालिकाले कामदारको खाता बैंक खोल्न लगाइ रकम भुक्तानी थालेको जनाएको छ ।

अपचलन रोक्न सोरु गाउँपालिकाका कामदारको ज्याला बैंक खातामै

भ्रष्टाचार रोक्न कामदारले पाउने ज्याला खातामै जम्मा गर्ने विषयमा पालिकाले निर्णय गरेको अध्यक्ष धर्मबहादुर शाहीले बताए । विभिन्न पूर्वाधार एवं विकास निर्माणका कार्यक्रममा जति पनि स्थानीय संलग्न हुन्छन्, सबैको बैंक खाता खोलेर पारिश्रमिक जम्मा गर्ने कामको सुरुवात गरिएको उनको भनाइ छ ।

उपभोक्ता समितिमा बस्न हानाथाप गर्ने र योजनाको रकम भने कामदारलाई नदिने विषयमा अधिक उजुरी पर्न थालेपछि पालिकाले यो नीति लागु गरेको अध्यक्ष शाहीले बताए । योजनालाई पारदर्शी र दिगो बनाउनुका साथै भ्रष्टाचार न्यूनिकरणका लागि कामदारको खातामै पैसा हाल्न थालिएको उपाध्यक्ष केशरबहादुर शाहीको भनाइ छ । आगामी आर्थिक वर्षदेखि अनुगमनमा कडाइ गरी कामअनुसारको बजेट निकासा गर्ने लागिएको उनले बताए ।

पालिकाले कामदारको ज्याला बैंकमा जम्मा गर्ने निर्णय गरेसँगै गाउँ-गाउँबाट मानिसहरू सोरुकोट राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न आउन थालेका छन् । योजनामा काम गर्ने कामदारको बैंक खाता नम्बर प्राप्त नभएसम्म योजनाको रकम भुक्तानी नदिने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लको भनाइ छ । 'यो पटक केही कठिनाइ भए पनि आगामी वर्षदेखि सहज हुनेछ,' उनले भने, 'कामदारको ज्याला बैंकमै जम्मा गर्दा रकम हिनामिना हुन पाउँदैन ।'


प्रकाशित : जेष्ठ १०, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?