२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

देश युवा बेच्‍ने कारखाना बनेको छ : अध्यक्ष लिङ्देन

प्रतिक्षा काफले

कास्की — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश युवा बेच्ने कारखाना बनेको टिप्पणी गरेका छन् । पोखरामा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले देशको आम्दानीले चालुगत खर्चसमेत नधानेको र युवालाई विदेश पठाएर देश चलाउनु पर्ने अवस्था रहेको बताए ।

देश युवा बेच्‍ने कारखाना बनेको छ : अध्यक्ष लिङ्देन

‘छोरा बेचेर देश चलाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘मेरो देश युवा बेच्ने कारखाना बनेको छ । नेपाल बेरोजगार उत्पादन गर्ने देश पनि हो ।’

सरकारले अर्थतन्त्र सुधार गर्नतर्फ ध्यान नदिएको आरोप लगाउँदै उनले सरकार नियन्त्रित संस्थामा ब्याजदर घटाएर सुरुआत गर्नुपर्ने बताए । ‘कित्ताकाट रोकिएको छ,’ उनले भने, ‘सरकारले कित्ताकाटमात्रै फुकाउने हो भने केही मात्रामा राजस्व वृद्धि हुने थियो ।’ उनले जग्गाको वर्गीकरण नै वैज्ञानिक नभएको पनि बताए ।

अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था नै गलत रहेको टिप्पणी गरे । व्यवस्था ल्याउने पात्र पनि गलत रहेको भन्दै उनले व्यवस्था परिवर्तनका लागि राप्रपा लडिरहेको बताउँदै भने, ‘देशमा अर्थतन्त्र खस्किँदै गएको छ । यो व्यवस्था महँगो भयो । अब जनता व्यवस्था परिवर्तनका लागि सडकमा आउँछन् । यसको नेतृत्व राप्रपाले लिनेछ ।’ उनले ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था रहेको बताए ।

प्रकाशित : चैत्र २८, २०७९ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?