नीलम ढुंगाना तिम्सिना

नीलम ढुंगाना तिम्सिनाका लेखहरु :

हातहातमा काउन्टर, ठाउँका ठाउँ भुक्तानी

कुनै पनि भौतिक, कागजी, अफलाइन कार्य, प्रक्रिया तथा अन्तरक्रियालाई परम्परागत पद्धतिबाट अत्याधुनिक सूचना प्रविधिमा आधारित विद्युतीय, अनलाइन प्रविधिमा हस्तान्तरण गर्नुलाई डिजिटल प्रक्रिया भनिन्छ । सूचना प्रविधिमा आधारित डिजिटल युग हो यो ।

निराशाजनक छैनन् आर्थिक परिसूचक

मुलुकका आर्थिक नीतिनिर्माता, अनुसन्धाता, सरकार, उद्योग–व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रको प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक परिसूचकबारे जानकारी महत्त्वपूर्ण हुन्छ । समष्टिगत आर्थिक क्षेत्रमा मौद्रिक, वास्तविक, सरकारी र बाह्य क्षेत्र पर्छन् ।

जलवायु परिवर्तनको आर्थिक लागत

जनताका आधारभूत आवश्यकताको परिपूर्तिका लागि विकास अपरिहार्य छ । यही भावनाबाट प्रेरित भएरै विश्व विकासको यो अवस्थामा आइपुगेको हो । तर विकास, समृद्धि सधैं र अपरिमित सीमासम्म लाभकारी पनि हुँदैन । वातावरण विनाश यसको नकारात्मक पाटो हो । असन्तुलित विकासले वातावरण विनाश गर्ने र वातावरणीय विनाशले विकासका उपलब्धिलाई विनाश गर्ने हुनाले विकास सन्तुलित चाहिँ हुनुपर्छ ।

कालोसूचीको बढ्दो आकार

कालोसूची त्यस्ता व्यक्ति/संस्थाहरूको नाम उल्लेख भएको सूची हो, जसले स्वीकृत मापदण्ड र नियमविपरीत कार्य गरी सरकार, नियामक निकाय तथा सम्बन्धित सरोकारवालाको विश्वास गुमाएका हुन्छन् । बैंकिङ क्षेत्रमा कालोसूची प्रचलित शब्दका रूपमा रहँदै आएको छ ।

नेपालमा लघुवित्त र महिला सशक्तीकरण

समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बावजुद जनसंख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि र २० प्रतिशत हिस्सा औपचारिक वित्तीय पहुँचबाहिर रहेको सन्दर्भमा लघुवित्तलाई आर्थिक विकासका लागि प्रभावकारी साधन मानिन्छ ।

नेपालमा विदेशी विनिमय व्यवस्थापन

आर्थिक स्थायित्व र वृद्धि हासिल गर्न अपनाइने समष्टिगत आर्थिक नीतिहरूमध्ये मौद्रिक, वित्त, वित्तीय क्षेत्र र विदेशी विनिमय नीतिहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । खुला अर्थतन्त्र भएको सानो मुलुकमा विदेशी विनिमय नीतिले विशेष महत्त्व राख्छ ।

बैंकिङ जोखिम व्यवस्थापनमा कर्जा सूचनाको महत्त्व

बैकिङ क्षेत्रमा विद्यमान विभिन्न जोखिममध्ये कर्जा जोखिम अत्यन्त महत्त्वपूर्ण र संवेदनशील मानिन्छ । कर्जा जोखिम कसरी उत्पन्न हुन्छ त ? सामान्यतया जब कर्जा नउठ्ने सम्भावना हुन्छ । कर्जा दिँदाको समयमै यस्तो जोखिम सुरु भइसकेको हुन्छ ।

कोभिड–१९, विश्व अर्थतन्त्र र नेपाल

अमेरिका–चीन व्यापार युद्धजनित कर व्यवहार, ब्रेक्जिटसम्बन्धी अनिश्चितता र विश्वमा बढ्दो भूराजनीतिक तनावका कारण सुस्ताएर बिस्तारै तङ्ग्रिन थालेको विश्व आर्थिक वृद्धि र विश्व व्यापारले कोरोना भाइरसका कारण ठूलै चुनौतीको सामना गर्नुपरिरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय आर्थिक संस्था र बैंकहरूले विश्वको आर्थिक वृद्धिदरको लक्ष्यलाई घटाएर पूर्वानुमान गर्न थालेका छन् ।