मीनबहादुर भाम

मीनबहादुर भामका लेखहरु :

एक सपनाको अवसान 

लाट्भियास्थित रिगा सहरको एउटा अस्पतालमा कोभिड–१९ का कारण ११ डिसेम्बरमा किम कि–दुकको निधन भयो । उनी दक्षिण कोरियाका एक विलक्षण फिल्ममेकर थिए । तर, उनका सिनेमा दक्षिण कोरियामा मात्र नभई विश्व सिनेमामै बडो विशिष्ट स्थान बनाउन सफल थिए, छन् । उनका सिनेमा परम्परागत ढंगभन्दा बिल्कुलै पृथक् र अनौठा हुन्छन् । कविताको बडो करिब महसुस हुने उनका सिनेमाहरूले समकालीन भौतिकवादी समाजलाई कटाक्ष गरेको लागे तापनि तिनले कहिल्यै औंला ठड्याएका छैनन्, वर्तमान समाजले समातेको बाटोलाई । आफ्ना सिनेमामा उनी आफ्नै मधुर सुरमा गम्भीर जीवनदर्शनको मन्त्र गाइरहेका भेटिन्छन् । 

धो–तराप : एक स्वप्न शृंखला

दृश्य नं १ : गौशालाको सडक, बिहान– झ्यालको शिशा बन्द छ । बाहिर हेर्दा कफ्र्यु लागेको आभास दिने गरी सुनसान र शान्त छ सडक, एउटा तपस्वीको मनजस्तै । एकै छिनमा साथीको गाडिले त्रिभुवन एयरपोर्टको पार्किङ पुर्‍याइदियो ।