दीप्स शाह

वाग्मती जहिल्यै फोहर

वाग्मती सफाइ महाअभियानको ३०० औं हप्ता पूरा हुँदाको भब्य कार्यक्रमको खबर पढेर सोचमग्न भए लगत्तै काम विशेषले वाग्मतीको किनारैकिनार हुइँंकिनुपरेको थियो । सफाइले वाग्मतीको अनुहार केही त फेरिएकै हो । तर के यसरी लगातर अभियानै चलाइरहेर मात्र वाग्मती सफा होला र ? के फोहोर व्यवस्थापनको स्थायी तरिका अरु केही हुन्न ? बाटोभरि यस्तै प्रश्नले उद्वेलित भइरहेँ । वातावरण सफाइको कुरा आउँदा एउटा आफ्नै भोगाइ उल्लेख गर्न चाहन्छु ।

सडक कि एम्बुस ?

पृथ्वी राजमार्गको धादिङस्थित जुगेखोला खण्ड । रित्तो जर्किन समाएको एउटा युवक रोकिराखेको बालुवा–गिट्टीवाला ट्रकबाट फुत्त हामफाल्यो । 

हामी बेरोजगार, हामी सौखिन

वैदेशिक रोजगारीको सुरुसुरुमा मैले दक्षिणी इजरायलको धनाढ्य गाउँ फरानमा केही समय बिताएकी थिएँ । त्यहाँ फ्रेन्च मूलकी इजरायली सुन्दरी सुसाना मार्कोभसँग मेरो दोस्ती जमेको थियो । लगभग ६० वर्षे धनाढ्य सुसाना (हिब्रुमा ‘सुसाना’ को अर्थ गुलाफको फूल हुन्छ) साँच्चिकै गुलाफझैँ लाग्थिन् ।

छोरी हुन्नन् भारी

२००९ को जुलाईतिर म रोजगारीको सिलसिलामा इजरायलकै व्यस्त सहर तेल अभिभ छेउको शान्त बस्तीमा थिएँ । त्यो सानो धनाढ्य बस्तीको छाती चिर्दै पोस्ट अफिस, मेडिकल स्टोर, ग्रोसरी आउजाउ गर्ने क्रममा बाटोमा मेरो प्राय: एउटी सुन्दर महिलासँग देखभेट हुन्थ्यो । उनी एउटी बच्चीलाई डोर्‍याउँदै र अर्कीलाई चाहिँ ट्रलीमा राखेर गुडाउँदै टहलिरहेकी हुन्थिन् ।

महिला जहाँ पनि असुरक्षित 

घरेलु कामदारको असुरक्षा देखाउँदै वैदेशिक रोजगार विभागले २०७३ चैतदेखि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति बन्द गर्‍यो । छिट्टै खुल्ने भनिए पनि आधिकारिक रूपमा अझै खुल्ला भएको छैन । सरकारको यस कदमले घरेलु कामदारको रूपमा वैदेशिक रोजगारमा जान चाहने महिलाका सपनामा कति कुठाराघात गर्‍यो–गरेन, त्यो त अध्ययनकै विषय हो ।

दीप्स शाहका लेखहरु :

हत्ते गरेर अपहत्ते

मध्यपूर्वी खाडी मुलुक ओमानमा दुई नेपाली युवतीको ज्यान गएको खबर जति सजिलै सुनियो, पचाउन त्यति नै जटिल बन्यो । सुन्नमा सरल यस मानेमा कि, यस किसिमको खबर यो पहिलो होइन । पचाउन जटिल किनभने बिरानो मुलुकमा सुनौलो सपना देख्दै गरेका आफ्ना चेलीहरूले जीवन त्यागेको खबर कुनै कोणबाट सहज हुन सक्दैन ।

बाइकमा कुद्‌याे, फोहोर टिप्यो 

एकाबिहानै म दैलो उघारेर यसो बाहिर हेर्दै मात्रै थिएँ, एउटा बाइक छेउमै टक्क रोकियो । एउटा ठिटो उत्रियो र पन्जा लगाएका हातले सडकपेटीबाट केही टपाटप टिपेर बाइकपछाडिको बाकसमा हाल्यो । अनि कतै बत्तियो । उसले खासमा के गरेको थियो, मैले भेउ पाउन सकिनँ ।

सम्मानले टिक्छ सम्बन्ध 

नेपालमा कुनै चाड नजिकिँदै गरेको दिन म कलिङ कार्डबाट घरमा फोन गर्न सार्वजनिक बुथमा पुगेँ । इजरायलको त्यो सेन्ट्रल बस पार्कको छैटौँ तलामा लहरै रहेका बुथमा कतै अपि|mकी, कतै भारतीय, कतै श्रीलंकाली, फिलिपिनो र नेपालीहरू वार्तामा मग्न रहेछन् । अलिक परको बुथमा ३५ वर्षजतिकी नेपाली दिदी फोनवार्तामा थिइन् ।

चोर बाटो विदेश ? हुन्न

केही दिनअघि एउटा दैनिकमा प्रकाशित वैदेशिक रोजगार सम्बन्धी एउटा समाचार पढ्दा मेरो जीउ सिरिङ्ग भयो । समाचारअनुसार, दलालको लहैलहैमा इराक हिँडेका २० देखि २९ वर्षसम्मका पाँच युवतीको चितवनबाट उद्धार भएको थियो । पासपोर्टचाहिँ उनीहरूभन्दा पहिल्यै दिल्ली पुर्‍याउने दलाल भने फरार थियो । उसो त मानव बेचबिखनसम्बन्धी यस्ता दुःखद समाचार पढ्नु हाम्रो नियति नै भइसकेको छ ।

भाषा सिके विदेश जिते

विश्वविद्यालयका विद्यार्थीहरू दक्षिण कोरिया जाने आवेदन भर्न रातरातभर बाटामा बसेको खबरले केही दिनअघि सञ्चार माध्यम भरिए  । त्यसले वैदेशिक रोजगारीप्रति नेपाली युवाको मनोविज्ञान मात्रै देखाएन, देशलाई दिशा दिन भनेर गौँडा–गौँडामा बसेकाहरू कति अकर्मण्य छन् भन्ने पनि छर्लंग्यायो  ।