डीआर पन्त

सुदूरका पहाडमा स्क्रब टाइफस फैलिँदै

सुदूरका पहाडी जिल्लामा केही समययता स्क्रबटाइफसका बिरामीको चाप बढ्दै गएको छ । एक सातासम्म उपचार नपाए बिरामीको ज्यानै जोखिममा पर्ने स्वस्थ्यकर्मीहरू बताउँछन् ।

स्थानीय तहमै बिजुली उत्पादन तयारी

विद्युत् उत्पादनको सम्भावना रहेका नदी र खोला आफूसँग पनि रहेको भन्दै भागेश्वर गाउँपालिकाले प्रदेशशभाको क्षेत्र १ लाई अँध्यारोमुक्त बनाउने तयारी गरेको छ । त्यसका लागि उसले विभिन्न योजनामार्फ विद्युत उत्पादनको योजना पनि अघि सारेको छ ।

रित्तो गाँउमा योजनै योजना

गाउँमा ४१ परिवार थिए । त्यसमध्ये ३० परिवार बसाइँ सरी कैलाली र कञ्चनपुर गइसके । उनीहरू उतै मग्नमस्त छन् । ११ परिवार मात्र रहेको गाउँ अहिले सुनसान लाग्छ । 

जिम्मेवारीले सिकायो

दैमती भनिने देवकी सार्कीको मुद्दा मिलाउन अजयमेरु गाउँपालिका उपाध्यक्ष कलावती भाणलाई मुस्किल भयो । उनी सामान्य शंकाको भरमा घरबाट निकालिएकी थिइन् । परिवारलाई सहमतिमा ल्याएपछि देवकीलाई १३ वर्षपछि भाणले घरमा पुनःस्थापित गराइदिइन् ।

बाँझो जग्गामा नमुना खेती

एक शताब्दी अघिदेखि उब्जनी नहुने भनेर छाडेको टाँटरको बन्जड जमिन भाडामा लिएर कृषिमा स्नातकोत्तर उत्तीर्ण २ जनाले नमुना कृषि फार्म सुरु गरेर उदाहरणीय काम गरेका छन् ।

डीआर पन्तका लेखहरु :

महाभारत क्षेत्रमा दिनहुँ सयौं रूख काटिंदै

जिल्ला सदरमुकामदेखि एनडी प्रकाश राजमार्ग हुंँदै तल ओर्लिन सुरु भएपछि विभिन्न ठाउंँमा महाभारत वन क्षेत्र फँडानी गरी थुपारिएका सल्लाका गोलिया देख्न सकिन्छ ।

परदेशबाट फर्केर आलु खेती

रोजगारीका लागि तेस्रो मुलुक पुगेर फर्किएका युवाको एक समूह गाउँमै आलुखेती गर्ने विचारमा लागे । विभिन्न विषयमा स्नातक ५ जनाको कुरा मिल्यो । ४० रोपनीको सिंगो प्लट जग्गा खोजे । परिवारको अंशबन्डाले टुक्र्याउने र घडेरीका लागि खण्डीकरणको चलनले सिंगो एउटै ठूलो प्लट फेला परेन । भागेश्वर–४ को नौगाउँमा मुस्किलले २७ रोपनी जग्गा पाए । 

चुरेमा पहिरैपहिरो

दलबहादुर खड्काले गत वर्ष दुई क्विन्टल माछा बिक्री गरेका थिए । गणिका नदीको १२ किलोमिटर क्षेत्रमा उनले ती माछा मारेका हुन् । यसपालि उनलाई १२ किलो माछा भेट्टाउन पनि हम्मेहम्मे पर्‍यो । यसअघि नदीको १२ किलोमिटर क्षेत्रमा सानाठूला ७ वटा ताल थिए ।

फोनबाटै १२ हजार बिरुवाको माग

दार्चुलाको नौगाड गाउँंपालिकाका कृषि प्राविधिक मुकुन्द ठगुन्ना फलफूलका बोट बिरुवा खरिद गर्न डडेलधुराको सिराड पुगेका छन् । उनले टेलीफोनमा १२ हजार बिरुवाको अर्डर गरेपछि २ सय किलोमिटरको दुरी पार गरि खरिद गर्न भागेश्वर गाउँपालिका ५ को दुर्गम सिराड पुगेका हुन ।

गाउँमा गर्भपतन सेवा, स्वास्थ्यकर्मी अपर्याप्त

डडेलधुरा अजयमेरु ५ की एक १८ वर्षीया युवतीले छिमेकी गाउँपालिका भागेश्वरको स्वास्थ्यचौकीमा पुगेर गर्भपतन गराइन् । हाडनाता पर्ने पुरुषबाट जबर्जस्ती करणीका कारण गर्भ रहेको थियो । चौकीमा उनले आफ्नो नाम र ठेगाना भने साँचो लेखाइनन् ।