शब्द/तस्बिर : हरिहरसि‌ंह राठाैर

शब्द/तस्बिर : हरिहरसि‌ंह राठाैरका लेखहरु :

सल्यानका सुन्दर फाँट र काँठहरु [फोटो फिचर]

कर्णाली प्रदेशको सल्यान जिल्ला धार्मिक रुपले मात्रै नभएर कृषि उब्जनीको दृष्टिले पनि चिनिने गर्छ ।सुन्तला, हलुवावेद, अदुवा, टिमुर, कोदो, मकै, गहुँ, सिमी लगायत फलफूल र तरकारी पर्याप्त मात्रामा उत्पादन गर्ने जिल्लाको रुपमा पनि सल्यान चिनिन्छ । सल्यानको माल्नेटा अदुवा उत्पादनका लागि नेपाल लगायत विदेशमासमेत प्रख्यात मानिन्छ ।

पर्यटक तान्दै खैराबाङ मन्दिर [तस्बिरहरु]

सल्यानको खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटनको एक महत्त्वपूर्ण स्थल हो । शारदा नगरपालिका-११ मा अवस्थित खैराबाङ मन्दिर सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवी बायाँस्तन पतन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला पनि १५ दिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाह्मण क्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् । खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इर्स्या) त्याग्न देवीसँग माग गरिन्थ्यो ।