हाम्रो जस्तो विविधतायुक्त समाजमा सोलोडोलो महिला अधिकार मात्रै भनेर पुग्दैन, महिलाभित्रका थुप्रै विविधतालाई ध्यान दिएर युगौंदेखि सबैखाले उत्पीडन बेहोर्दै र भोग्दै आएका महिलाको हक, अधिकार र सहभागितालाई पनि संवैधानिक र कानुनी रूपमा सम्बोधन गरिनु जरुरी छ
माओवादीलाई जनताले फेरि एकचोटि मौका दिने संकेत उपनिर्वाचनले देखाएको छ । यो पार्टीले जनताका हक अधिकारलाई केन्द्रमा राखेर आफ्ना नीति र विधिको विकास गर्नुपर्ने आवश्यकता छ ।