आधुनिक भारतीय नेपाली साहित्यमा दलित र सबाल्टर्न शीर्षकमा सिक्किमको नाम्ची महाविद्यालयले तीनदिने अन्तर्राष्ट्रिय संगोष्ठी सञ्चालन गरेको छ । भारत सरकारको मानव संसाधन विकासको प्रकल्प राष्ट्रिय उच्चतर शिक्षा अभियानले आयोजना गरेको उक्त कार्यक्रममा तीन दिनमा ६ वटा प्राविधिक सत्र चलेको थियो ।
यतातिर बस्तीमा शहरमा जस्तो एकै नजरमा ‘लभ’ हुँदैन । ‘महाभारा’का डुक्पा र सुक्मतीले त छक्कै पारे । सुक्मतीले डुक्पा र डुक्पाले सुक्मती, एकार्कालाई देख्ने बित्तिकै मख्खिँदैनन् मात्रै, झाडी पनि छिर्छन् । चुम्माचाटी पनि गर्छन् । हाम्रोतिर हो भने त्यहाँसम्म पुग्न त दस–बीस पन्ना लाग्छ–लाग्छ ।
दार्जिलिङका सांसद राजु विष्टले भारतीय संसद्मा गोर्खाल्यान्ड राज्य गठनको माग उठाएका छन् । संसद्मा हाल जारी मनसुन सत्रमा उनले भारतीय जनता पार्टीले संकल्पपत्रमा उक्त विषयको प्रतिबद्धता जनाएको बताए । उनले छुट्टै गोर्खाल्यान्ड राज्य गठनको प्रक्रिया तत्काल सुरु गर्न अपिल समेत गरे ।
दार्जिलिङको मुख्य दल गोर्खा जनमुक्ति मोर्चाले भारतको मेघालय राज्यका मुख्यमन्त्री कनराड के साङ्माले चुनावी फाइदाका लागि गोर्खाल्यान्डको मुद्दा उठाएको आरोप लगाएको छ ।
भारतको संसदमा मनसुन सत्र चलिरहेको छ । यसबीच दार्जिलिङमा भाजपाले अघिल्लो लोकसभा चुनावको घोषणापत्रमा समावेश गरेको गोर्खाका दुई वटा मुद्दा समाधान गर्ने माग चुलिएको छ ।
दार्जिलिङका लेखक कर्ण थामीको साेमबार निधन भएको छ । दार्जिलिङका पुरानो र चर्चित संस्था नेपाली साहित्य सम्मेलनसित आबद्ध रहेर धेरै वर्ष साहित्यमा सेवा गरेका थामी नेपाली भाषाको लागि साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गर्ने पहिलो लेखक हुन् ।
कोरोना महामारीपछि पहिलो पटक सुरु भएको भारतीय संसद्को मनसुन सत्रमा दार्जिलिङका सांसद राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज उठाएका छन् । भारतीय जनता पार्टीले अघिल्लो लोकसभा चुनावमा गोर्खाका दुइटा मुद्दालाई चुनावी घोषणापत्रमा समावेश गरेको थियो । यी दुईमा एक जनजातिको मुद्दा थियो ।
कवि निमा शेर्पा कालेबुङ आएका थिए, कलकत्ताबाट। निमाभन्दा पहिल्यै कलकत्तामा कोरोना भाइरस संक्रमित भेटियो रे भन्ने हल्ला दार्जिलिङ आइसकेको थियो। माहौल कस्तो भइसकेको थियो भने बाहिरबाट आउने हर कसैलाई हेर्ने आँखा संदिग्ध बनिसकेको थियो। कालेबुङमा कोरोना भाइरस आइसकेको थिएन।
नेपालमा सुरेन्द्र पुनले जुन नाममा चलचित्र निर्देशन गरेका थिए, त्यही नाममा दार्जिलिङमा पनि आदित्य रायाले चलचित्र निर्देशन गरेका छन्। चलचित्र हो -हमजाएगा। दुवै चलचित्रको मिल्ने कुरा के हो भने दुवै चलचित्र हमजाएगाको वायोपिक होइन।