२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सिरहालाई १-० ले पराजित गर्दै धनकुटा सेमीफाइनलमा

धनकुटा — सहिद भीमनारायण गोल्ड कपमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सिरहाको सल्हेस युवा क्लबविरुद्ध १-० को जीत निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । 

सिरहालाई १-० ले पराजित गर्दै धनकुटा सेमीफाइनलमा

बुधबार भएको खेलमा चार विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सल्हेसलाई आयोजकले १-० गोलले हराएको हो ।

धनकुटाका गोलरक्षक प्रदिप भण्डारीले सल्हेसका दर्जनौँ प्रहारलाई विफल पारिदिएका थिए । खेलमा गोल रक्षक भण्डारीको उत्कृष्ठ बचाउ गर्दै दर्शकको मन जिते । घरेलु टिमको समर्थनमा खचाखच दर्शकको साथ पाएको धनकुटाले उत्कृष्ठ खेल प्रदर्शन गर्‍यो । पहिलो हाफ दुवै टिमबीच गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफको ६६ औं मिनेटमा आयोजक धनकुटाका लागि खमिर गिल्सन कन्दङ्वाको प्रहार गोलमा परिणत भयो । त्यही गोल खेलको निर्णायक बन्न पुग्यो ।

बुधवारको खेलमा म्यान अफ दि म्याच आयोजक भीमनारायण स्मृतिका गोलकिपर प्रदिप भण्डारी घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । अन्तिम क्वाटर फाइनलबाट आयोजक सेमिफाइनल प्रवेश गरेको हो ।

यस अघिका खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लब, विभागीय टीम एपीएफ क्लब काठमाडौं र बिर्तामोड युनाइटेड क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

बिहीबार एपीएफ र राष्ट्रिय जागृति क्लब इटहरीबीच पहिलो सेमीफाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : वैशाख २६, २०८१ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?