कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै आरन पेसा

मुगु — दलित समुदायले अँगाल्दै आएको आरन पेसा संकटमा पर्दै गएको छ । परम्परागत पेसाले जीविका धान्न गाह्रो भएपछि संकटमा पर्दै गएको हो ।


पिना गाविसस्थित कोटिला गाउँका ६० वषर्ीय जयसुर कामीले अगेनामा फलाम पिट्न थालेको करिव ४८ वर्ष बित्यो तर उनका परिवारलाई पेट पाल्न मुस्किल परेको छ । पुख्र्याैली पेसा भनेर छाड्न नसकेर बाध्यताबस अँगालेको उनले बताए । 'के गरौं हजुर, एक हातले आरन चलाउँदै जयसुरले भने, 'दिनभरि फलाम पिट्दा राति हात खुट्टा दुख्छ, आँखा पोल्छ । कहिले आँखा पाक्छ । कहिले ज्वरो पनि आउँछ । यति कष्ट गर्दा पनि पेटभरि खान पुग्दैन ।'
आरन पेसाबाट जीवन धान्न मुस्किल हुन थालेपछि अधिकांश दलित समुदायका बासिन्दा विस्तारै पेसा छाड्दै गएको बताउँछन् । समस्या टार्न स्थानीयले सहरबाट फलामे औजार ल्याएर प्रयोग गर्न थालेका छन् ।
मन्दु, झयारी, पिना, टोप्ला, बालै, रञ्जनबालै, लगायत गाउँमा अन्य कुनै आरन गर्ने व्यक्ति नभएपछि हँसिया, कुदो, कोदालो, कुलेसी, बन्चरो फलामे औजार बनाउन स्थानीयवासी जयसुरको चुलोमा भीड लाग्ने गरेको छ । पिना गाविसका अधिकांश लुहार जातिका बासिन्दाले आफ्नो पुख्र्यौली पेसा आरनबाट जीवन धान्न कठिन हुने गरेपछि उक्त पेसा छोडेर अन्य कामतिर लाग्दा जयसुरलाई बिहानदेखि बेलुकासम्म फलाम पिट्दै दिन बितेको छ ।

प्रकाशित : पुस १७, २०६९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?