१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

छोटकरी

नेपाल शिक्षक संघ बागलुङको सातौं जिल्ला अधिवेशनबाट सागर खरेल अध्यक्षमा निर्वाचित भएका छन् ।

शिक्षक संघको अध्यक्षमा खरेल
बागलुङ -कास)-
खरेलले प्रतिद्वन्द्वी उमाकान्त पौडेललाई पराजित गरेका हुन् । अधिवेशनबाटै नन्दलाल सापकोटा उपाध्यक्ष, ज्ञानकुमारी श्रीष महिला उपाध्यक्ष निर्वाचित भएका थिए । सचिवमा भुवानी कँडेल निर्विरोध निर्वाचित भए । सहसचिवमा लक्ष्मीकान्त शर्मा र महिला सहसचिवमा सिलसिला केसी तथा कोषाध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित भए । नेपाली कांग्रेस निकटको संघअन्तर्गत जिल्लाका एक हजार पाँच सयभन्दा बढी शिक्षक सदस्य छन् ।  
फलफूल वितरण
कपिलवस्तु -कास)- तमलोपा नेपालको तेस्रो स्थापना दिवसमा सोमबार फलफूल वितरण गरिएको छ । सदरमुकामस्थित अस्पतालका बिरामी र बालगृहमा पुनस्र्थापित अनाथ बालबालिकालाई फोरम नेपालका केन्द्रीय सदस्य सुरेन्द्र पटेलले फलफूल वितरण गरेका थिए । २८ जना बिरामी तथा बालबालिकालाई वितरण गरिएको थियो ।
विपन्नलाई कम्बल
बारा -कास)- तराई मधेस लोकतान्त्रिक पार्टीले स्थापना दिवसको अवसरमा सोमबार २० जना दलित, विपन्न र गरिबलाई कम्बल वितरण गरेको छ । जाडोको कारण अनाहकमा ज्यान गुमाउने यी परिवारलाई जाडो छल्न पार्टीका केन्द्रीय सदस्य दिनदयाल चौधरी र जिल्ला उपाध्यक्ष विन्दा साहले संयुक्त रूपमा २० वटा कम्बल वितरण गरेका हुन् ।
पर्यटन सूचना केन्द्र स्थापना
कास्की -कास)- हवाईमागबाट पोखरा आउने  पर्यटकलाई  पोखराको पर्यटनका बारेमा जानकारी दिने उद्देश्यले सोमबारदेखि पर्यटन सूचना केन्द्रको स्थापना भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको १४ आंै वाषिर्कोत्सवको अवसरमा पोखरा पर्यटन परिषद्सँग सहकार्य गरी केन्द्रको स्थापना गरिएको हो ।

प्रकाशित : पुस १७, २०६९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?