कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

तातोपानीको आम्दानीले चलेको विद्यालय

घनश्याम खड्का

म्याग्दी — कालीगण्डकी नदीले बनाएको संसारकै सर्वाधिक गहिरो अन्धगल्छीमा पर्ने तातोपानीको मुहान स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालयल सञ्चालन गर्ने गतिलो स्रोत बनेको छ ।


भुरुङ, तातोपानी १ तातोपानीस्थित उच्चमावि सञ्चालन गर्न स्थानीय समुदायले तातोपानीको पोखरीमा डुब्ने/नुहाउने आन्तरिक र वाह्य पर्यटकसँग उठाएको रकम विद्यालयमा शिक्षक व्यवस्थापनमा खर्च गर्दै आएको छ ।
समुदायले गठन गरेको तातोपानी कुण्ड संरक्षण समितिले तातोपानीको पोखरी छेउमा रेस्टुरेन्ट सञ्चालन गर्न वाषिर्क १५ लाखमा ठेक्का दिएको छ । यही आम्दानीबाट विद्यालयले मावि तहमा कक्षा लिने गरी निमावि तहमा तीन शिक्षकको तलबभत्ता दिंदै आएको छ । 'प्रस्तावित मावि भएको र यस वर्षदेखि प्लस टु सञ्चालन भइरहेको अवस्थामा शिक्षक राख्न भरपर्दो स्रोत भएको छ', शिक्षक अभिभावक संघका अध्यक्ष श्याम रानाले भने ।
बेनी-जोमसोम सडक किनारामा अवस्थित तातोपानीमा अन्नपूर्ण पदमार्गबाट र्फकने, हिमालपारिको जिल्ला पुग्ने/र्फकने वर्षेनी हजारौं विदेशी पर्यटकको घुइँचो लाग्छ । पर्यटकको सुविधाका लागि पोखरीको छेउमा रेस्टुरेन्ट पनि सञ्चालित छ । 'तातोपानीबाट संकलितमध्ये ७५ प्रतिशत विद्यालयमा र २५ प्रतिशत रकम तातोपानी संरक्षणमा खर्च गर्ने गरिएको छ', विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल हिराचनले सुनाए ।
स्थानीय स्रोत परिचालन गरी शिक्षक राखेर सञ्चालित सामुदायिक विद्यालय सर्वोदय उच्चमाविले आइतबारदेखि ५० औं वाषिर्कोत्सव एवं स्वर्णमहोत्सव मनाएको छ । प्ाुस २१ ग्ातेसम्म सञ्चालन हुने विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै शिक्षा विभागका निर्देशक टेकनाथ भट्टराईले भने, 'सरकारले शिक्षक सेवा आयोग खुल्ाा गर्न प्रक्रिया सुरु गरेकाले दुर्गम क्ष्ाेत्रका विद्यालयमा विद्यमान शिक्षक समस्या समाधान हुन्छ ।'
विद्यालयले यसै वर्षदेखि १० जोड २ कक्षा सञ्चालन गरेको छ । सर्वोदय माविलाई विदेशमा गएका र गाउँ छाडेर सहर झरेका भुरुङवासीले ३५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । सहयोग संकलन समितिका संयोजक एवं पूर्वगाविस अध्यक्ष कुलवीर राम्जालीका अनुसार अमेरिका, हङकङ, जापान, बेलायत, कोरिया, खाडी मुलुक पुगेका र बसाइसराइ गरेर पोखरा, काठमाडांै र नारायणघाटमा बसोबास गर्ने भुरुङवासीले ३५ लाख रुपैयाँ नगद सहयोग गरेका हुन् ।  
विद्यालयले चालू शैक्षिक सत्रदेखि शिक्षा र समाजशास्त्र विषयमा प्लसटुको कक्षा सुरु गरेपछि लामो समयदेखि एसएलसी उत्तीर्णपछि त्यत्तिकै बसेका समेत २१ छात्रछात्राले अध्ययन गरिरहेका छन् । आर्थिकरूपमा विपन्न र छोरी-बुहारीको संख्या बढी रहेको विद्यालयले जनाएको छ । त्यहाँका विद्यार्थी यसअघि उच्चमावि पढ्नका लागि सदरमुकाम बेनी अथवा काठमाडांै तथा पोखरा जानुपर्ने बाध्यता थियो ।
'गाउँमै उच्चमावि सञ्चालन गर्न स्थानीय देवलकुमारी कर्माचार्यले सबैभन्दा बढी ३ लाख रुपैयाँ सहयोग गर्नुभएको छ', विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल हिराचनले भने, 'प्राप्त सहयोग रकम शिक्षकको तलब, भौतिक पूर्वाधार निर्माण र प्राविधिक शिक्षालय तथा क्याम्पस स्थापनाका लागि खर्च गर्नेछौं ।'

प्रकाशित : पुस १७, २०६९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?