१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

आमा बनेको १४ वर्षपछि अंश

गुल्मी — प्रेम सम्बन्धबाट छोरी जन्मिएको १४ वर्षपछि दलित महिलाले अदालतबाट अंश लिएकी छन् ।

लिम्घा १ खोरडाँडाकी वसन्ती सुनारले जिल्ला अदालतले अंश दिन भनी फैसला गरेको दुई वर्षपछि ससुरा नरबहादुर खप्तरी मगरबाट अंश पाएकी हुन् । १४ वर्षअघि वसन्ती र नरबहादुरका छोरा दीपकसँग अन्तर्जातीय प्रेमविवाह भएको थियो ।
प्रेम सम्बन्धकै क्रममा गर्भ रहेको र प्रेमविवाह गरे पनि बाबुआमाले घरभित्र प्रवेश गर्न नदिएपछि वसन्तीलाई अलपत्र छाडेर दीपक बेपत्ता भएका थिए । दीपक बेपत्ता भएपछि १४ वर्षदेखि माइतीमा बसेर नाता कायम र अंश मुद्दा लड्दै आएकी वसन्तीलाई जिल्ला अदालततले २ वर्ष अघि वसन्ती, छोरी र दीपकबीच नाता कायम गर्दै अंश दिनु भन्ने फैसला गरिदिएको थियो । दीपक भने अझै फरार छन् । अदालतको फैसलापछि पनि ससुरा नरबहादुरले अंश दिन आलटाल गरेका थिए । समाजको दबाबपछि नरबहादुरले मालपोत कार्यालयबाटै वसन्तीका नाममा विभिन्न स्थानको जग्गा अंशका रूपमा उपलब्ध गराएको स्थानीय झविन्द्र थापाले बताए ।
'१४ वर्षपछि भए पनि छोरीका लागि न्याय पाएको महसुस भयो', वसन्तीले भनिन्, 'अब त बस्ने र खानेको टुंगो लागेको छ ।' प्रेमकै क्रममा जन्मिएकी गिताकी छोरी समेत १४ वर्षकी भएकी छन् । अब छोरीको नागरिकता पनि बन्ला भन्ने आशा पलाएको वसन्तीले बताइन् ।

प्रकाशित : पुस १७, २०६९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?