कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

कान्तिराजमार्ग सञ्चालनको तयारी

विकास निर्माण
प्रताप विष्ट

हेटौंडा — राजधानीलाई तराई जोड्ने उद्देश्यले साढे ५ दशकअघि सुरु गरिएको कान्ति राजमार्ग माघ पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।

६ वर्षदेखि निर्माण भइरहेकोे वाग्मतीे पुल माघ पहिलो साता सञ्चालनमा हुने भएको छ ।
पुल पूरा भएपछि कान्ति लोकमार्ग ५६ वर्षपछि सञ्च्ाालनमा आउने भएको हो । २०१३ सालमा निर्माण सुरु भएको ९२ किलोमिटर लामो राजमार्ग वाग्मतीको पुलका कारण सञ्चालनमा आउन सकेको थिएन । 'पुल माघको पहिलो सातादेखि सञ्चालनमा आएपछि कान्ति लोकमार्ग सञ्चालनमा आउँछ' कान्ति लोकमार्ग परियोजनाका इन्जिनियर राजेश महर्जनले भने, पुलको कारण कान्ति लोकमार्ग सञ्चालनमा आउन सकेको थिएन ।
५६ वर्षदेखि बन्दै, भत्कँदै गरेको कान्ति लोकमार्गको ललितपुर र मकवानपुरको भागमा अहिले सवारी साधन चलिरहेका छन् । वाग्मतीमा पुल नबनेकाले कान्ति मार्ग सञ्चालनमा आउन सकेको थिएन । सरकारले विगत ४ वर्षदेखि सडक विभागअन्तर्गत छुट्टै युनिट बनाएर मार्गको निर्माण कार्य सुरु गरेको थियो ।
कान्ति लोकमार्गको ट्रयाक खुलेपछि २०१६ सालको हिउँद महिनामा  राजा महेन्द्रले आफैले जिप हाँकेर काठमाडौंबाट हेटांैडा आएका थिए । मोटरबाटो अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन । मकवानपुर र  ललितपुरको सिमानामा पर्ने वाग्मती नदीमा पुल नबन्दा यो मार्गमा सवारी साधनहरू सञ्चालनमा आउन नसकेका हुन् । माघको पहिलो सातादेखि 'त्यो अवस्थाको अन्त्य हुनेछ,' इन्जिनियर महर्जनले भने । वाग्मतीमा पुल बनेको भए विगत देखि नै मकवानपुरतर्फको सडक खण्डमा जोखिम मोलेर भए पनि सवारी साधनहरू सञ्चालनमा आउन सक्थ्यो । कान्ति लोकमार्गको ललितपुरतर्फको मोटरबाटो पहिरोले क्षतिग्रस्त बनाएकाले पुलको निर्माण कार्यमा ढिलाइ भएको हो । करिब ५ करोडको लागतमा पुलको निर्माण कार्य आव २०६३/०६४ देखि सुरु गरेको हो । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य भए पनि स्थानीयलगायत विविध किसिमका अवरोधले पुल निर्माण्ा कार्य तीन वर्ष ढिलो भयो । कान्ति लोकमार्ग सडक योजनाले चालू आवमा ललितपुरतर्फ टीकाभैरवदेखि माथि १० किलोमिटर र मकवानपुरतर्फ पनि १० किलोमिटर सडक चौडाइ गरेको छ ।
मकवानपुरतर्फ गत आवमा एक किलोमिटर बाटो कालोपत्रे गरिएको थियो भने । केही खण्डमा ग्राभेलिङ गरिएको थियो । ललितपुर र मकवानपुरको दुर्वतर्फबाट वाग्मती नदीको किनारसम्म सवारी साधनहरू आवतजावत गरिरहेको छ ।
पुुलको अभावले गर्दा वारिपारि गर्न सकेका छैनन्, वाग्मती पुल नजिक बस्दै आएका टिस्टा लामाले भने, अब माघको पहिलो सातादेखि कान्ति लोकमार्ग सञ्चालनमा आउँछ । ललितपुरको तुलनामा मकवानपुरतर्फ वाग्मती नदीको किनारसम्म सवारी साधनहरू आवजत जावत  गर्न अलि जोखिम छ ।
मर्मत सम्भार नभएकाले गर्दा ठिंगनबाट वाग्मती किनारसम्मको सडक खण्ड साँघुरो र अप्ठ्यारो छ  पूर्वसांसद तथा स्थ्ाानीयवासी  कृष्णप्रसाद दाहालले भने, 'मकवानपुरतर्फको जितपुर भञ्ज्याङदेखि वाग्मती किनारसम्म पुग्ने सडकको अवस्था राम्राे छैन । त्यति मात्र होइन फास्टट्रयाक खन्ने क्रममा माथिबाट खसालेको ढुङ्गा र माटोका कारण बेलाबेलामा मोटरबाटो अवरुद्ध हुने गरेको छ ।  तत्कालीन शाही सैनिकले पहिलो पटक सडकको  निर्माण कार्य सुरु गरेको यो लोकमार्ग ललितपुरतर्फ ४१ किलोमिटर र मकवानपुरतर्फ ५१ किलोमिटर पर्छ ।
हेटांैडाबाट ठिंगनसम्म अर्थात् ४२ किलोमिटरसम्म र ललितपुरदेखि बगुवानसम्म भाडाका सवारी साधनहरू चलिरहेका छन् । सरकारले  यो सडक निर्माण गर्न चालू आवमा ५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो मार्ग निर्माण गर्न तत्कालीन शाही नेपाली सेनाले मात्र रगत र पसिना बगाएका होइनन् मकवानपुर तथा ललितपुर जिविस दुवैले स्थानीय कोषको रकम लगानी गर्दै आएका थिए ।
विगत ४ वर्षदेखि सरकारले प्राथमिकताको सूचीमा राखेकाले अहिले सञ्चालनमा आउन लागेको हो, स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले भने ।

प्रकाशित : पुस १७, २०६९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?