कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

छोटकरी

सुनाखरी एकेडेमी इंग्लिस बोर्डिङ स्कुलका निर्देशक विक्रम सुब्बाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु
धरान -कास)- इटहरीबाट को४प ३६३४ नम्बरको मोटरसाइकलमा धरान आउँदा पानीपियामा को१च ६९७१ नम्बरको ल्यान्डरोभरले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । घाइते सुब्बालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । ल्यान्डरोभरका चालक होमनाथ रिजाल र ल्यान्डरोभरलाई तरहरा ट्राफिक प्रहरीको नियन्त्रण लिएको छ ।
रंगकर्मीको निधन
धरान -कास)- लामो समयदेखि रंग कर्म गर्दै आएका दिवस राई सानेको आइतबार राति मृत्यु भएको छ । ४३ वषर्ीय अविवाहित राई लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।
धरान-११ मंगलबारेमा बस्दै आएका उनको बीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । उनले धरानको अनाम नाट्य जमातमार्फत चार दर्जन नाटक र नुमाफुङ जस्ता केही अलगधारका चलचित्रमा समेत जीवन्त अभिनय गरेका थिए । उनको सोमबार अन्त्येष्टी
गरिएको छ ।
चिसोले जनजीवन प्रभावित
तेह्रथुम -कास)- चिसो बढ्दै गएपछि माथिल्लो क्ष्ाेत्रको जनजीवन प्रभावित भएको छ । चिसोका कारण १ हजार ८ सय मिटर माथिका अधिकांश विद्यालय बन्द भएका छन् । चिसोको असर कछाड र औल क्ष्ाेत्रमा समेत सुरु भएको छ । चिसो बढ्दै गएपछि बजारमा चहलपहल घटेको छ । दिउँसो केही समय घाम लाग्ने भए पनि बिहान-बेलुकी अत्यधिक चिसो छ ।  
खेलाडी संघ गठन
विराटनगर -कास)- राम लिम्बूको अध्यक्षतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गठन गरिएको छ । उपाध्यक्षमा प्रतापसिंह कार्की, सचिव कौशल आचार्य, कोषाध्यक्ष शशीकला श्रेष्ठ र सहसचिवमा द्वारिका रेग्मी छन् ।

प्रकाशित : पुस १७, २०६९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?