कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

भूमिहीनको धर्ना स्थगित

भैरहवा — धर्नामा रहेका भूमिहीनहरूको समस्या समाधानका लागि आगामी शुक्रबार विस्तृत छलफलबाट निकास निकालिने सहमतिमा भैरहवामा विगत दुई सातादेखि भूमिहीनहरूले जारी राखेको धर्ना स्थगित भएको छ ।


मगंलबार भैरहवामा भएको भूमिहीन, राजनीतिक दल, प्रशासन तथा मानव अधिकारकर्मीबीच भएको सर्वपक्षीय बैठकले पुस २० गते सर्वपक्षीय छलफल गरी निकास निकाल्ने निर्णय भएपछि धर्ना स्थिगित भएको हो । बैठकले जिल्ला तहबाट हल गर्न सकिने समस्याको समाधान गरिने र केन्द्रबाट गरिने हकमा पत्राचार गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधीकारी हरिकृष्ण पौडेलले जनाए ।
बैठकमा सुकुम्बासीको वस्तुगत अवस्थाको स्थलगत निरीक्षणका लागि समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा थप निर्णय लिने मौखिक सहमतिसमेत भएको छ । प्रशासनले समस्या समाधानका लागि पहल गर्ने भएपछि धर्ना कार्यक्रमहरू स्थिगित गरिएको जिल्ला भूमिअधिकार मञ्च जिल्ला अध्यक्ष ओमप्रकाश वारीले जनाए ।

प्रकाशित : पुस १७, २०६९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?