२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बझाङमा चट्याङ लागेर ४ जना घाइते

बझाङ — खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

स्थानीय बाल्मीकि जोशीका अनुसार बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् भने एकिन्द्र खड्का सामान्य घाइते भएका छन् । घाइतेलाई गडराय स्वास्थ्य चौकी लगिएको स्थानीय फिट्टु खड्काले बताए ।

खप्तडछान्ना गाउँपालिका अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए ।

प्रकाशित : वैशाख २५, २०८१ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?