२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

विराटनगर — भारतबाट तस्करी गरेर भित्र्याइएको करिब ३८ लाख मूल्यको तयारी कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी सुनसरीबाट परिचालन भएको इन्टेलिजेन्स ब्यूरोको टोलीले विशेष सूचनाको आधारमा सीमावर्ती झापाको मेचीनगर-८ सालघारीबाट साढे २८ लाखको र मेचीनगर ७ भान्साखोला क्षेत्रबाट मंगलबार करिब १० लाख मूल्यको अवैध कपडा बरामद गरेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको सशस्त्र प्रहरीका डीआइजी अन्जनीकुमार पोखरेलले जनाए।

पछिल्लो समय भारतबाट अवैध रुपमा कपडा तस्करी गरी बिर्तामोड, इटहरी, काठमाडौं, पोखरालगायतका ठूला सहरसम्म पुर्‍याउने गिरोह सक्रिय रहेको प्रहरीले दाबी गरेको छ ।

डीआइजी पोखरेलले चोरी, तस्करी, लागूपदार्थ ओसारपसार, अवैध हतियारको कारोबारलगायतका अन्तरसीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी गम्भीर रुपले सक्रिय बनेको जनाए।

प्रकाशित : वैशाख १९, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?