कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

काकाकुल कलंकी

पाठक पत्र

काठमाडौंको कलंकी क्षेत्र वर्षौंदेखि नै खानेपानीको अभाव भएको ठाउँ हो । यहाँका बासिन्दाले वर्षौंदेखि दुःख पाइरहेका छन् । वर्षौंदेखि हप्तामा एक दिन मात्र पानी वितरण हुँदै आएको छ । एक दिन ५०–५५ मिनेट दिएको करिब एक हजार लिटर पानीले हप्ताभरको न्यूनतम आवश्यकता कसरी पूरा गर्न सक्छ ? बहुप्रतीक्षित मेलम्चीको पानी आउला भन्ने आशामा यहाँका बासिन्दा दुःखै गरेर बसे । काठमाडौंको पूर्व र उत्तर क्षेत्रमा कतै सधैं, कतै दिनैपिच्छे दिनैभरि, कतै दिन बिराएर र कतै सातामा दुई पटक पानी वितरण गर्ने काठमाडौं खानेपानी लिमिटेडलाई गुनासो गर्न पनि गएनौं ।

काकाकुल कलंकी

अहिले सञ्चारमाध्यमबाट प्रकाशित समाचारहरूबाट मेलम्चीको पानी नियमित वितरण नहुने लगभग निश्चित जस्तै भएको छ । अब मेलम्चीको पानी पिउने ‘आशा गर्नु भरोसा नगर्नु’ जस्तै भएको छ । एक किसिमले मेलम्चीको पानी पिउन पाउने आशा मरेजस्तै भएको छ । यस पटक वर्षामा पनि हामी कलंकीवासी काकाकुल नै बन्यौं । अहिले पनि बनिरहेका छौं ।

त्यसैले खानेपानी वितरणको जिम्मेवारी पाएको काठमाडौं खानेपानी लिमिटेडका पदाधिकारीहरूलाई सचेत गराउन चाहन्छौं । होचो ठाउँमा प्रशस्त पानी जाने परिस्थिति कसरी बन्यो ? त्यसैले प्राविधिक विषय मिलाएर हामी कलंकीवासीका लागि समेत सुलभ तुल्याई यथाशीघ्र सामाजिक न्याय दिन अनुरोध गर्दछौं ।
– लालानाथ सुवेदी, कलंकी, काठमाडौं

प्रकाशित : आश्विन १५, २०८० ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x