२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जसपा नेपालका अध्यक्ष यादव स्वदेश फर्किए, संसदीय दलको बैठक बस्दै

काठमाडौँ — उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त  राष्ट्रसंघीय जनसंख्या  तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादव मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । 

जसपा नेपालका अध्यक्ष यादव स्वदेश फर्किए, संसदीय दलको बैठक बस्दै

अध्यक्ष यादव आएसँगै मंगलबार नै संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ ।

आइतबार मात्रै ७ जना प्रतिनिधिसभा सदस्यसहित अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका छन् । अब यादव पक्षमा छ जना सांसद रहेका छन् । सोही विषयका बारेमा संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।


प्रकाशित : वैशाख २५, २०८१ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?