चन्द समूहका पोलिटब्युरो सदस्य नेकपामा प्रवेश

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच उनी नेकपामा प्रवेश गरेका हुन् ।

चन्द समूहका पोलिटब्युरो सदस्य नेकपामा प्रवेश

चन्द समूहका कार्कीलगायत नेता, कार्यकतालाई अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडल, अग्नि सापकोटा, हितमान शाक्यलगायत उपस्थित थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्की केही समय यताउता अलमलिएर पनि मूलधर फर्किएकोमा खुसी व्यक्त गरे । कार्कीले जनयुद्धका समयमा उपत्यकामा बसेर जनयुद्ध कुनै आतंक होइन भन्ने कुरा जनतालाई बुझाउन योगदान गरेको दाहालले स्मरण गराए । उनले विप्लव पनि ढिलोचाँडो नेकपामा आउने दाबी गरे ।


चन्द समूहमा रहेकै बेला २०७५ साल चैत १ गते ललितपुरबाट पक्राउ परेका मोहन कार्की २०७६ साउन २१ गते रिहा भएका थिए । उनलाई अभद्र व्यवहारसम्बन्धी आरोप लगाइए पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि थुनामुक्त भएका थिए ।


चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि कार्की लगायत थुप्रै उच्चस्तरका नेता पक्राउ परेका थिए । तर पक्राउपछि रिहा हुने कार्की उच्चस्तरका पहिलो नेता समेत हुन् । कार्कीले चन्द समूहबाट क्रान्ति पार नलाग्ने बताउँदै आफू नेकपामा प्रवेश गरेको बताए ।

प्रकाशित : पुस २६, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?