२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

टीभीएसको अपाचेको आरटीआर १६० सार्वजनिक

काठमाडौँ —  टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको छ । नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डीएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ ।

टीभीएसको अपाचेको आरटीआर १६० सार्वजनिक

न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्नेछ भने राइडरहरूका लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्नेछ ।

टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ । २०२४ टीभीएस अपाचे आरटीआर १६० म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरी पाँच वटा रङमा उपलब्ध हुनेछ । यसको बजार मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ तोकेको छ ।

प्रकाशित : वैशाख १३, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?