कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

आनन्द गौतम

ताप्लेजुङ — उक्तरी चीनसँग जोडिएका ताप्लेजुङ र संखुवासभाका नाका वैशाख २५ देखि खुल्ने भएका छन् । चीनका अधिकारीले अप्रिल ७ देखि आउन सीमावर्ती क्षेत्रका बासिन्दालाई खबर गरेका हुन् । 

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

‘उता (डिङजे काउण्टि) को प्रशासनले अप्रिल ७ तारेखदेखि आउनु भन्नु भएको छ,’ फक्ताङलुङ गाउँपालिकाका पूर्व वडाध्यक्ष छेतेन शेर्पा भोटेले भने, ‘हामी त्यो दिन रिउ जाने तयारीमा छौं, संखुवासभाकोलाई पनि त्यहीबेला देखि बोलाएको छ रे ।’

द्वि-देशीय सीमाना टिप्ताला भञ्ज्याङ पुगेर चिनियाँँ अधिकारीसँग कुराकानी गरेर फर्किदै गरेका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्य र फक्ताङलुङ गाउँपालिका-७ का वर्तमान वडाध्यक्ष छेतेन शेर्पा लामाले पनि अप्रिल ७ देखि नाका खुल्ने पुष्टि गरे ।

टिप्ताला भञ्ज्याङ पुगेर फर्कने क्रममा ओलाङचुङगोला आइपुगेका प्रजिअ आचार्यले टेलिफोनमा भने, ‘अप्रिल ७ देखि खुल्छ, चिनियाँ अधिकारीसॅग भएका बाँकी कुरा सदरमुकाम आइपुगेपछि गरौंला ।’ चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको द्वि-देशीय नाका खुलेको छैन । दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले नाका खोल्न सरकारसँग आग्रह गर्दै आएका थिए । पछिल्लो पटक चीन भ्रमणमा गएका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलेपनि उक्तरी नाका चाॅडै खुल्ने सन्देश लिएर आएका थिए ।

नाका नखुलेका कारण विवाह गरेर नेपाल आएकाहरुले माइती भेट्न पाएका छैनन् भने गलैँचा, छुर्पी, घिउ लगायतका वस्तु निर्यात गर्नपनि पाएका छैनन् । यसअघि पनि पटक/पटक खुल्ने भनेका नाका खुलेको थिएन ।

यो पटक चीनका अधिकारीलेनै बोलाएकाले खुल्नेमा आशावादी रहेको पूर्व अध्यक्ष छेतेन बताउँछन् । ताप्लेजुङ र संखुवासभाका सीमावर्ती क्षेत्रका बासिन्दाका लागि चीनको व्यापारिक केन्द्र रिउ र घुम्तीमा बजार हुन् ।

प्रकाशित : वैशाख २२, २०८१ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?