२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

दराजको दराज ११.११ मा सानिमा बैंकको छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने गरी सहकार्य गरेको छ । यो योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा ग्राहकले विशेष छुट प्राप्त गर्न सकिनेछ ।

दराजको दराज ११.११ मा सानिमा बैंकको छुट

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई हजारसम्म छुट पाउनेछन् । क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ का आधारमा छुट प्रदान गर्ने बैंकले जनाएको छ । छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यो योजना कात्तिक २५ देखि मंसिर ६ गतेसम्म लागू हुनेछ ।

प्रकाशित : कार्तिक २३, २०८० ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?