मेयर बालेनले ल्याए कवितासंग्रह
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा शुक्रबार कवितासंग्रहको एक तस्बिर सार्वजनिक गर्दै मेयरले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवादसमेत दिएका छन् ।
‘अश्र’मा बालेनले रचना गरेका एक सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहको पहिलो खण्डमा प्रेम, दोस्रोमा प्रेम–वियोग, तेस्रोमा राजनीति र चौथोमा दर्शनसम्बन्धी छोटा–छोटा कविता समावेश छन् ।
कविता संग्रहका हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि समावेश गरिएका छन् । ६६६ रुपैयाँ मूल्यको कवितासंग्रह बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । कवितासंग्रह शनिबारदेखि बजारमा उपलब्ध हुने बालेनले जनाएका छन् ।
प्रतिक्रिया