२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

प्रधानमन्त्री दाहाल मुल्कोटमा

सिन्धुली — प्रधानमन्त्री पुष्पकमल दाहाल सुनकोसी मरिण डाइभर्सन सुरुङ 'ब्रेक थ्रु' गर्ने कार्यक्रमका लागि सिन्धुलीको मुलकोट आइपुगेका छन् । 

प्रधानमन्त्री दाहाल मुल्कोटमा

नेपाली सेनाको हेलिकोप्टर चढेर साँझ प्रधानमन्त्री दाहाल मुल्कोट आइपुगेका हुन् । मुल्कोटस्थित क्वालिटी बिच रिसोर्टमा बसेका दाहालले साँझै नजिकै रहेको सुनकोशी गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुसँग भेटी समस्याहरुका बारेमा जानकारी लिएका थिए ।

बुधबार बिहान दाहालले सिन्धुली र रामेछापका अगुवा कार्यकर्ता भेट गरी अपराह्न सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको सुनकोशी मरिण डाइर्भसन सुरुङको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


प्रकाशित : वैशाख २५, २०८१ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?