अक्षय कुमारविरुद्ध उजुरी

काठमाडौँ — अभिनेता अक्षय कुमार विवादमा तानिएका छन् । हालै उनले निरमा डिटरजेन्टको विज्ञापनमा अभिनय गरेका थिए । विज्ञापनमा हालै उनले मराठा राजाको भेषमा अभिनय गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ह्यासट्याग 'बाइकट निरमा' लेखेर धेरैले अक्षयको विरोध गरे ।

अक्षय कुमारविरुद्ध उजुरी

मराठा योद्धालाई यस किसिमले विज्ञापनमा प्रस्तुत गर्दा मराठा समुदाय आक्रोशित भएका छन् । सम्भाजी बिग्रेड (मराठा संघ)ले विज्ञापन बन्द गर्न उजुरीसमेत गरेका छन् । विज्ञापन तत्काल नरोके संघले प्रदेशभर आन्दोलन गर्ने बताएका छन् । अक्षयले सार्वजनिक रुपमै माफी नमागेसम्म उनका फिल्म प्रदर्शन गर्न नदिने बताइएको छ ।

संघका पुने अध्यक्ष सन्तोष सिन्डेले अक्षय र निर्मा कम्पनी विरुद्ध उजुरी गरेका हुन् ।

प्रकाशित : पुस २४, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?