रोकियो बुटवल–नारायणगढ सडक खण्ड विस्तार

नारायण शर्मा

नवलपरासी — बुटवल–नारायणगढ सडक खण्ड चार लेनको बनाउँदा काटिने रुख स्थानीय सामुदायिक वन उपभोक्ता समूहले पाउने वा वन कार्यालयले लिने भन्ने विवाद बढेपछि काम रोकिएको छ । वन उपभोक्ता समूहले रुख काट्न नदिएपछि सडक विस्तार मंगलबारबाटै रोकिएको छ । सडक विस्तारका क्रममा ४६ हजार २ सय ९४ रुख काट्नुपर्नेछ । 

रोकियो बुटवल–नारायणगढ सडक खण्ड विस्तार

वन विभागले पत्र पठाएर सडक फराकिलो पार्न अनुमति दिएपछि मंगलबार डिभिजन सडक कार्यालय नवलपरासीले कटान सुरु गरेको थियो । नवलपरासी खण्डमा पहिलो चरणमा काटिने करिब ४६ हजार रुख आफूहरूले पाउनुपर्ने उपभोक्ताको माग छ । वन मन्त्रालयले सडक क्षेत्रभित्रका रुख नेपाल सरकारको हुने भएकाले उपभोक्ता समितिलाई दिन नसकिने जनाएको छ । ‘वर्षौंदेखि वन जोगाउने हामी, अहिले काटिने रुख वन कार्यालय, कसरी हुन्छ ?’ पूर्वपश्चिम राजमार्ग अन्तर्गत लोकाह जंगलका रुख मंगलबार काट्न सुरु भएको थियो ।


कावासोती नगरपालिका–२ को शिव सामुदायिक वन उपभोक्ता समिति र स्थानिय बासिन्दा काटिएका सबै रुख उपभोक्ता समूहकै हुनुपर्ने र त्यसो नगरिए रुख काट्न नदिने भन्दै विरोधमा उत्रिएका थिए ।


प्रकाशित : पुस २६, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?