२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

संगीत पुरस्कार स्थापना

विराटनगर — इलामका संगीतकार कोमल निरौला परिवारले दिवंगत श्रीमती सरस्वती निरौलाको स्मृतिमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ घोषणा गरेको छ । 

संगीत पुरस्कार स्थापना

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर- ५ मा रहेको ‘सरू संगीत घर’ को तेस्रो वार्षिकोत्सवको अवसरमा पुरस्कारका लागि ३ लाखको अक्षयकोष स्थापना गरिएको छ ।

गीत संगीत तथा नृत्य क्षेत्रमा योगदान पुर्‍याउने एक जना विशिष्ट साधकलाई आगामी वर्षदेखि २५ हजार ५ सय ५ रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिने सरू संगीत घरका प्रबन्ध निर्देशक संगीतकार डेनी निरौलाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिभा छनोटका लागि एक स्वतन्त्र समिति गठन गरिनेछ । स्वदेश तथा विदेशमा रहेर नेपाली गीत, संगीत तथा नृत्य साधनाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका चालीस वर्ष उमेर पुगेको जो कोही नेपालीलाई पुरस्कारका लागि योग्य ठानिने छ । सरु संगीतघरको वार्षिकोत्सवको सन्दर्भ पारेर हरेक वर्ष साउनमा पुरस्कार समर्पण गरिने जनाइएको छ ।

सरू संगीत घर विगत चार वर्षदेखि गीत संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको एक संगीत विद्यालय हो । सुगम संगीतको प्रवर्धन गरी नेपाली संगीत क्षेत्रको विकासमा योगदान गर्नु सरु संगीत घरको उद्धेश्य रहेको संगीतकार निरौलाले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?