पेन्टिङमा जमेका विष्णु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
जुम्ला — तातोपानी–६ धौलापानीका विष्णुदत्त न्यौपानेलाई यो समयमा होर्डिङबोर्ड र साइनबोर्ड लेख्न भ्याइनभ्याइ छ । उनी उपभोक्ता समितिका होर्डिङबोर्डदेखि सरकारी तथा गैरसरकारी कार्यालयका ब्यानर लेख्न अहिले व्यस्त छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![पेन्टिङमा जमेका विष्णु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/bishnudatta-neupane-2-0342024035123-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
निर्वाचनताका त उनी रातदिन झन्डा, ब्यानर र चुनाव चिह्न बनाइरहेका हुन्छन् । कर्णालीमा कलकल बग्ने नदी, पर्यटकीय स्थलका रूपमा रहेका तालतलैया, प्राकृतिक सुन्दरताले भरिएको कर्णालीको चित्र जस्ताको तस्तै उतार्ने सीप उनीसँग छ । यस वर्षमात्रै उनले जुम्लामा रहेको प्रमुख पर्यटकीय गन्तव्य मानिएको गिडीदहको चित्र बनाए । यहाँका हरेक मुख्य सडक र दोबाटोमा तिनै चित्र राखिएका छन् ।
कर्णालीमा पाइने जडीबुटी, भौगोलिक बनावट, रहनसहन, चालचलनदेखि कर्णालीमा उत्पादन भइरहेका रैथाने वस्तुको चित्र उनले बोर्ड तथा ब्यानरहरूमा लेखिरहेका हुन्छन् । जसले गर्दा उनको लेखन सीपको तारिफमात्रै भइरहेको छैन, एक सफल पेन्टरको परिचयसमेत बनाइरहेको छ । सानै उमेरदेखि कापीमा रङरोगन गरेर पेन्ट गर्ने उनको बानी नै थियो ।
भविष्यमा राम्रो पेन्टर बन्ने धोको मनमनै थियो । घरका पर्खाल, स्कुलका ब्ल्याकबोर्डदेखि खाली समथर स्थान देखिनेबित्तिकै उनी लेख्न थालिहाल्थे, चित्र कोर्न सुरु गरिहाल्थे । स्कुलका सर र घरका अभिभावक पनि पेन्टिङमै उनको भविष्य देखिएको भन्दै हौसाइरहेको अहिले उनी स्मरण गर्छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)