सन् १९८२ मा आजकै दिन : अर्जेन्टिनाद्वारा फोकल्यान्ड टापुमा आक्रमण

चैत्र २०, २०८०

कान्तिपुर संवाददाता

On this day in 1982: Argentina invades the Falkland Islands

काठमाडौँ — सन् १९८२ मा आजकै दिन (अप्रिल २) मा अर्जेन्टिनाले बेलायती उपनिवेशमा रहेका फोकल्यान्ड टापुमाथि आक्रमण गरेको थियो । त्यही कारण अर्जेन्टिना र बेलायतबीच युद्धसमेत भयो । ७४ दिनसम्म चलेको उक्त युद्धमा अर्जेन्टिना पराजित भएको थियो । १९८२ जुन १४ मा अर्जेन्टिनाले हार स्वीकार गरेपछि युद्ध अन्त्य भएको थियो । 

युद्धका क्रममा ७ सय ५० अर्जेन्टिनी र २ सय ५६ बेलायती सेनाको ज्यान गएको थियो । बेलायती सेनाको गोर्खा रेजिमेन्ट युद्धको अग्रमोर्चा खटिएको थियो । बेलायतलाई युद्धमा जिताएकै कारण गोर्खा सैनिकको बहादुरीको चर्चा विश्वभर भएको थियो ।

फोकल्यान्ड युद्धको हारको केही समयपछि अर्जेन्टिनामा सैनिक शासनको अन्त्य भएर नागरिक शासन बहाल भएको थियो । बेलायतमा भने प्रधानमन्त्री थ्याचरको लोकप्रियता शिखरमा पुग्यो र सन् १९८३ को संसदीय चुनावमा थ्याचरको लेबर पार्टीले भारी बहुमत प्राप्त गर्न सफल भयो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully