१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बर्दिबासलाई हराउँदै एपीएफ सेमिफाइनलमा 

विराटनगर — चौँथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिबासलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । 

बर्दिबासलाई हराउँदै एपीएफ सेमिफाइनलमा 

विराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा एपीएफका लागि हरी कार्कीले दुई गोल गर्दा दिसन राई र धनबहादुर श्रेष्ठले समान एक गोल गरे । बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए । जितसँगै एपीएफले फाइनल प्रव्शेकालागि आइतबार हुने टिडबलुवाइसी विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीचको बिजेता टिमसँग प्रतिष्पर्धा गर्ने छ ।

एक पक्षीय खेल खेलेको एपीएफले खेल सुरु भएको ११ औं मिनेटमा हरी कार्कीले गोल गरी टिमलाई अग्रता दिलाए । एक गोलको अग्रता लिएको एक मिनेट नवित्दै दिसन राईले २५ यार्डबाट गोल थपे ।

खेलको २२ औं मिनेटमा हरी कार्कीले टिमकालागि तेस्रो र व्याक्तिगत दोस्रो गोल गरे । भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरीले आकर्षक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले टिमकालागि चौथो गोल गरे ।

खेलको ५५ औं मिनेटमा बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच एपीएफका हरी कार्की भए । उनले नगद तीन हजार पाए । शनिवार पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरान सुनसरी बिच खेल हुने छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितमा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागि रहेको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

वैशाख १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने छन् ।

प्रकाशित : वैशाख ७, २०८१ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?