कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्टरनेट पहिलेकै गतिमा फर्काउन पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इन्टरेनेट सेवा पहिलेकै गतिमा सञ्चालन गर्न पहल भइरहेको बताएकी छन् । उनले इन्टरनेट सेवामा आएको समस्याबारे नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गृहकार्य सुरु गरिसकेको जानकारी दिइन् । ‘एनटीएले इन्टरनेट गति बढाउन गृहकार्य गरिरहेको छ,’ कान्तिपुरसित मन्त्री शर्माले भनिन्, ‘इन्टरनेट सेवामा आएको समस्या समाधान हुनेछ ।’

इन्टरनेट पहिलेकै गतिमा फर्काउन पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्कको गति कम भएपछि देशव्यापी रुपमा असर गरेको छ । मन्त्री शर्माले भारतको ब्याण्डविथ खरिदबारे समस्या भए अरु विकल्प खोजी गरिने बताए । ‘हामी अरु विकल्पबाट इन्टरनेटलाई पूरानै गतिमा ल्याइने छ,’ उनले भनिन् ।

निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु रकम नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सिफारिस गरेको छैन । सेवा प्रदायकहरूले विदेशी मुद्रा सिफारिस लिन दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालय र राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ ।

मन्त्री शर्माले यससम्बन्धी मुद्दा सर्वोच्चमा विचारधीन भएकाले निष्कर्षमा नपुगेको बताइन् । ‘वैशाख २४ मा यो मुद्दाको पेसी छ,’ उनले भनिन्, ‘इन्टरनेट सेवा प्रदायक कम्पनीसँग एनटीएले छलफल गरी निकास निकाल्ने छ ।’

इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले समस्या हृयान्डल गर्नै गाह्रो भइसकेको बताएका छन् । ‘यसमा हामीले गर्न सक्ने केही छैन ।’

इन्टरनेट सुस्त र अवरुद्धसमेत भएपछि ग्राहकहरूले खोजीनीति बढाएको उनले बताए । इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद बापतको रकम भारतीय अपस्ट्रिम प्रोभाइडरलाई नबुझाएकाले भारतीय कम्पनीले इन्टरनेट काटिदिएको बताएका छन् ।

प्रकाशित : वैशाख २०, २०८१ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?