१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

आगलागी हुँदा १० घर जलेर नष्ट

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ पडरी गाउँमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ ।

आगलागी हुँदा १० घर जलेर नष्ट

आगलागीमा ८ वटा बाख्राको जलेर मरेको र १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । एक्कासी सल्किएको आगोले स्थानीय चन्द्रिका धोबी,राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी,चन्ना धोबी, केश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोद पठान र इदरिस पठानको घर जलेको हो ।

आगलागीको कारण लत्ताकपडा र अन्न पनि नष्ट भएको छ । आगलागीको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

केहीदिन अगाडि प्रतापपुरमा आगलागी हुँदा ६ वटा घर जलेको थियो । ७ वटा स्थानीय तहमध्ये २ वटामा मात्र दमकल भएकाले आगलागी नियन्त्रणमा समस्या हुँदै आएको छ।

प्रकाशित : वैशाख ७, २०८१ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?