१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु [अपडेट]

दोलखा र सिन्धुपाल्चोक — दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार  दोलखाबाट पिस्कर जाँदै गरेको  बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको छ । 

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु [अपडेट]

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् । बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार घाइतेहरूको उद्धार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २६ जनाको सदाबहार अस्पतालमा, केहीको तौथलीको वडा कार्यालयमा प्राथमिक उपचार भइरहेको भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले बताए । घाइते मध्ये ८ जना गम्भीर छन् । घाइतेहरू अधिकांश भीमेश्वर नगरपालिका- सुस्पाका रहेका छन् । दुर्घटनामा केही बालबालिका पनि घाइते भएका छन् ।

'बस भीरमा भएकोले उद्धार गर्न कठिन भएको छ, तत्काल उद्धारमा जुटेकाले हामी त्यतै व्यस्त छौ,' उनले भने । दोलखाबाट तौथली हुँदै त्रिपुरासुन्दरी गापा- ४ पिस्करमा बेहुली लिन हिँडेको जन्ती बसमा ५५ जना सवार थिए । आहिले स्थानीय र सुरक्षाकर्मी मिलेर उद्धार कार्य भइरहेको छ ।

प्रकाशित : वैशाख ७, २०८१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?