२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

धनकुटालाई पराजित गर्दै बिर्तामोड भीमनारायण गोल्ड कपको फाइनलमा

धनकुटा — बिर्तामोड युनाइटेड क्लब झापा धनकुटामा जारी १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा आयोजक धनकुटालाई ३–० गोल अन्तरले स्तब्ध पार्दै झापाले फाइनल यात्रा तय गरेको हो ।

धनकुटालाई पराजित गर्दै बिर्तामोड भीमनारायण गोल्ड कपको फाइनलमा

बिर्तामोड युनाइटेडले पहिलो हाफको ४३ औं मिनेटमा अनिश लिम्बुको गोलसंगै खाता खोल्यो । पहिलो हाफ १–० मा रहेपनि दोस्रो हाफको दोस्रो मिनेट मै झापाका तर्फबाट अभिषेक गुरुङले थप गोल गर्दै टिमलाई जितको लागि मजबुत बनाए ।

६६ औं मिनेटमा आयोजक धनकुटाका पदम भट्टराईले आफ्नै गोलपोष्ट नजिकै रहेको बल नियन्त्रण लिने प्रयास गर्दा आत्मघाती गोल गरे । यसरी घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको धनकुटाले ३-० को पराजय बेहोर्‍यो ।

शुक्रबारको खेलमा दुवै तर्फका खेलाडी पटक–पटक रेफ्री माथि जाइलागे । झापाका आशिष चापागाईले रेफ्री मनिष अधिकारीलाई धक्का समेत दिए । अधिकारीले चापागाईँलाई पहेलो कार्ड दिए । ४५ औं मिनेटमा आयोजक धनकुटाका गोलकिपर प्रदिप भण्डारी झापाका खेलाडीलाई डिबक्स भित्र फल गरेपछि उनी रातो कार्ड पाएर बाहिरिएका थिए ।

अब उपाधिका लागि बिर्तामोड युनाइटेड र एपीएफबीच शनिबार फाइनल खेल हुनेछ ।

प्रकाशित : वैशाख २८, २०८१ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?