२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आईपीएल २०२४ : मुम्बईलाई हराएर लखनउ तेस्रोमा

एजेन्सी

लखनउ — लखनउ सुपर जायन्ट्सले आईपीएल २०२४ मा मंगलबार मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । दसौं खेलमा लखनउको १२ अंक भएको छ । हारले मुम्बईको स्थिति अझ खराब भएको छ र छ अंकमा नवौं स्थानमा रह्यो ।

आईपीएल २०२४ : मुम्बईलाई हराएर लखनउ तेस्रोमा

पहिले ब्याटिङ गर्दै लखनउले सात विकेटमा १ सय ४४ रन बनायो । त्यसमा नेहल वाधेराले सर्वाधिक ४६ रन बनाए । जवाफमा लखनउले १९.२ ओभरमा छ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

‘प्लेयर अफ द म्याच’ मार्कस स्टोइनसले ४५ बलमा ६२ रन बनाएर जितको आधार खडा गरे । उनले सात चौका र दुई छक्का प्रहार गरे ।

प्रकाशित : वैशाख १९, २०८१ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?