२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

लक्ष्मी गौतम

पाँचथर — पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन ।

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

'पहिचानसहितको १ नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति'मा आबद्व विभिन्न संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै मतदातालाई धन्यवादसमेत दिएका छन ।

किरात याक्थुङ चुम्लुङ,नेपाल आदिवासी जनजाति महासंघ,पहिचानसहितको १ नम्बर प्रदेश पुनः नामांकन अभियान समिति,किरात राई यायोक्खा,नेपाल शेर्पा संघ,जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति,संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च,राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा एसनिकट लिम्बू संघ समाजवादीले विज्ञप्तिमार्फत पहिचानका साझा र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई मतदान गर्ने इलामेली मतदातालाई सामूहिक धन्यवाद दिएका हुन् ।

'हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पुँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ,' विज्ञप्तिमा भनिएको छ । इलाम २ मा वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएका थिए ।



प्रकाशित : वैशाख १९, २०८१ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?