२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

न्यूयोर्क राइटर्स वर्कसप र हिमालयन लिटरेचर फेस्टिभल हुने  

काठमाडौँ — अमेरिकाको न्यूयोर्क राइटर्स वर्कसपले ह्वाइट लोटस बुक शपसँगको साझेदारीमा काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव तथा कार्यशाला गर्ने भएको छ । ।

न्यूयोर्क राइटर्स वर्कसप र हिमालयन लिटरेचर फेस्टिभल हुने  

जेठ ९ बाट सुरूहुने कार्यशाला जेठ १४ र १५ मा काठमाडौं गेस्ट हाउसमा हिमालयन लिटरेचर फेस्टिभलमा परिणत हुनेछ । लेखकहरूले कार्यशालामा तयार गरेका आफ्ना साहित्यिक रचनाहरू - संस्मरणदेखि कविता तथा साहित्यका अन्य विधाका सामाग्रीहरू फेस्टिभलमा प्रदर्शन गर्नेछन्।

फेस्टिभल निर्देशक सिर्जना भण्डारीका अनुसार, ३५ भन्दा बढी अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरू काठमाडौं कार्यशालाका साथै हिमालयन लिटरेचर फेस्टिभलमा सहभागी हुनेछन् । हिमालयन लिटरेचर फेस्टिभलको पहिलो संस्करणमा प्यानल छलफल, विभिन्न भाषाहरूमा कविता वाचन, पुस्तक विमोचन र अन्तरक्रियाहरू समावेश हुनेछन्।

हिमालयन लिटरेचर फेस्टिभलका संरक्षक एवं कवि युयुत्सु आरडी शर्माले काठमाडौंमा कार्यशाला तथा सम्मेलनको नयाँ संस्करणको आयोजना गर्न भूमिका खेलेका छन् ।

न्यूयोर्क राइटर्स वर्कसपका अध्यक्ष टिम टमलिन्सन र हिमालयन लिटरेचर फेस्टिभलका निर्देशक भण्डारीका अनुसार, सो महोत्सवमा लेखकहरू लोर्डेस रोड्रिग्वेज टमलिन्सन र डा. रवि शंकर, प्रशिक्षकमा जेमी प्रोक्टर जू, कवि, निबन्धकार, अनुवादक, जुली कृष्णान-विलियम्स, अन्तर्राष्ट्रिय फोटोग्राफर, क्यालिफोर्नियास्थित ह्वाइटर कलेजका प्रोफेसर डा. टोनी बार्नस्टोनको उपस्थिति रहनेछ।

यस वर्कसप र लिटरेचर फेस्टिभलमा नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क, पोल्यान्डका कवि सन भान र डारियस लेबियोडा; पानामानियन कवि गोर्का लासा; दक्षिण अफ्रिकी कवि तथा कलाकार जाहरोज जाफ्ता; अमेरिकी कविहरू रुथ डेनन, पिटर एलेनस्पच र उनकी पत्नी दा माओ; अंग्रेजी कवि मारिया क्लेयर हीथ; ग्रीक कवि, लेखक, तथा शिक्षक भयासिलिस मनुसाकिस; हिन्दी उपन्यासकार पंकज बिष्ट; भारतीय कवि तथा विद्वान् के सच्चिदानन्दन; हङकङका लेखक तथा कलाकार नेभिल सारोनी; हङकङका फोटोग्राफर ब्रायन हाउ र संगीतकार, लेखक, परोपकारी जेन हङ; एनवाइयू अबु धाबीका लेखक तथा प्राध्यापक पाया मुस्तमाकी; अष्ट्रेलियाली लेखक लिजी प्याकर; साथै नयाँ लेखकहरू क्याथलीन बटलर, क्याथरीन केम्फ, एन गोर्डन, न्यान्सी पेरिस र मारियान साइबेरास र नेपालका पनि तीन दर्जन बढी लेखकहरूसहभागी हुनेछन् । फेस्टिभल नेपाली कवि गोपालप्रसाद रिमालको नाममा समर्पित गरिएको छ । कार्यक्रममा नेपाली साहित्यमा रिमालको योगदानका बारेमा चर्चा गर्नुका साथै उनका कृतिहरूका अङ्ग्रेजी अनुवाद पनि सार्वजनिक गरिने छ

प्रकाशित : वैशाख १९, २०८१ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?