कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

तीन महिनाका लागि मात्रै विद्युत् आयात नवीकरण 

काठमाडौँ — भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेकाे छ । आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जनाए ।

तीन महिनाका लागि मात्रै विद्युत् आयात नवीकरण 

उनका अनुसार ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो ।

पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । साेही अनुसार भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ । यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको थिएन । हरेक वर्ष एक आर्थिक वर्षभरकाे लागि अनुमति नवीकरण हुँदै आए पनि यसपटक भारतले तीन महिनाकाे लागि मात्रै गरेकाे छ ।

प्रकाशित : चैत्र १५, २०८० १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?