२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मधेस प्रदेशकै पहिलो केएफसी वीरगञ्जमा

भोली उद्घाटन हुँदै

काठमाडौँ — वीरगञ्जस्थित स्काइलाइन मलमा मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुरेन्ट वीरगञ्जमा सञ्चालनमा आउने भएको छ । खानपिनको क्षेत्रमा विश्व कै लोकप्रिय केएफसी वीरगञ्जमा सञ्चालनमा आउन लागेको हो । 

मधेस प्रदेशकै पहिलो केएफसी वीरगञ्जमा

नेपालमा यस रेस्टुरेन्टको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्राइवेट लिमिटेडले वीरगञ्जको प्रमुख व्यवसायी केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा सञ्चालनमा आउन लागेको छ । केएफसी वीरगञ्जको सोमवार उद्घाटन गर्ने तयारी रहेको सञ्चालकहरूले बताएका छन् ।

केएफसीले विभिन्न परिकारका स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने सञ्चालक हरूको विश्वास छ । यहाँ हट एण्ड क्रिस्पी चिकेनदेखि लिएर स्वादिष्ट चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, र जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछन् । साथै केएफसीको प्रख्यात केएफसी बकेट पनि पाउने छ ।

रेस्टुरेन्टले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने सञ्चालकहरूको भनाई छ । केएफसी रेस्टुरेन्ट बिहान १० बजे देखि राति १० बजेसम्म खुल्ला रहने र २१३५ स्क्वायर फीट कभर गरी ४४ जना मान्छे समायोजन गर्ने जनाइएको छ । स्काइलाइन मलमा केएफसीसँगै आइसक्रिमका लागि चर्चित ब्रान्ड 'क्रिम बेल' पनि सञ्चालनमा आउने भएको छ र विभिन्न परिकारका पिज्जाका लागि विश्व प्रख्यात 'पिजा हट', छिट्टै सञ्चालनमा आउने सञ्चालकहरूले बताएका छन् ।

मलमा झन्डै ६ महिनादेखि नेपाल कै सबैभन्दा लोकप्रिय सिनेमा हल क्यूएफएक्स पनि सञ्चालित छ । त्यसतै केही दिन भित्रै मलमा विश्व चर्चित होटेल चेन सरोभर पोर्टीको पनि खुल्ने मलका सञ्चालक प्रतीक अग्रवालले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?